चन्द्रगढी । 

झापाको भद्रपुर नगरपालिका वडा नम्बर ९ मा सामाजिक गतिविधिमा सक्रिय देवकोटा युवा क्लबको कार्यालयको देवकोटा चोकमा उदघाटन गरिएको छ । 

देवकोटा युवा क्लबका सल्लाहकार समिति संयोजक राजु बराल, सल्लाहकार सदस्य युवराज तिवारी, क्लब अध्यक्ष दिवाकर मैनाली र अग्रज चन्द्रप्रसाद तिवारीले  संयुक्तरुपमा आज (सोमबार) युवा क्लबको कार्यालय उद्घाटन गरेका हुन् ।  

युवा क्लबका अध्यक्ष दिवाकर मैनालीको अध्यक्षता र सचिव रमेश उप्रेतिको सञ्चालनमा सम्पन्न सो कार्यक्रममा सल्लाहकार संयोजक राजु बरालले शुभकामना मन्तब्य राख्नु राखेका थिए ।