• रन्जीत परियार 

बुट्टाबारी । 

महारानीगञ्ज माध्यमिक बिद्यालय अर्जुनधारा ११ सालबारीले ६६ औ बार्षिकोत्सवको अवसरमा माबि नगर स्तरीय फुटबल नकआउट प्रतियोगिता माघ २ गतेबाट शुरु भएको छ । 

कार्यक्रम महारानिगञ्ज बाल क्लबद्वारा आयोजना रहेको र अर्जुनधारा नगरका आठ ओटा माध्यमिक बिद्यालयहरु सहभागी हुनेछन् ।  पहिलो खेल आयोजक बिद्यालय महारानीगञ्ज माबि अर्जुनधारा ११ र लक्ष्मी माबि अर्जुनधारा ६ बिच भएको खेलमा शुन्यको विरुद्ध चार गोल गर्दै लक्ष्मी माबिका खेलाडीले बिजय हात पारेका थिए । यसरी नै सेमिफाइनल १० गते र फाइनल ११ गते हुने प्रधानाध्यापक मनबहादुर लिम्बुले बताए । 

 प्रतियोगिताको प्रायोजन अमेरिका बस्दै आएका सामाजिक ब्याक्तित्व अरुणकुमार डाँगी र उनका भाई भक्त डाँगीले स्वर्गीय पिता कृष्णप्रसाद डाँगीको स्मृतिमा हुने प्रतियोगिताका लागि एक लाख सहयोग गरेका छन् । प्रथम र दोस्रो बिजय टिपलाइ नगद २० र १० हजार रुपेयाँ साथै ट्र्फि र प्रमाणपत्रसहित बिद्यालयको बार्षिक उत्सव १५ गते समापन कार्यक्रममा प्रदान गरिने सहजकर्ता शिक्षक एवम् राष्ट्रिय रेफ्री प्रदीप बस्नेतले बताए । 

कार्यक्रममा पूर्व विद्यार्थी एवम् प्रतिनिधि सभा उपसभामुख इन्दिरा राना मगरले २५ थान  जर्सी आयोजक क्लबलाई हस्तान्तरण गरेकी थिइन् ।

शिक्षा र खेलकुद एउटा सिक्काको दुई पाटो भएझै समान रुपमासँगै लगे विद्यार्थीहरुको भबिश्य उज्वल भन्दै बिशिष्ट आतिथि वडाध्यक्ष खगेन्द्र इङ्गनाम, पूर्व अध्यक्ष रोहित ढकाल, नेपाल शिक्षक महासंघ अर्जुनधाराका अध्यक्ष पुन्य सुबेदी, सहयोगी दाता भक्त डाँगीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । 

प्रतिनिधि सभा उपसभामुख इन्दिरा राना मगरको प्रमुख आतिथ्यमा सञ्चालित कार्यक्रम बिब्यस अध्यक्ष बोलप्रसाद कोइरालाको अध्यक्षता एवम्  पिटिए अध्यक्ष सूर्यप्रसाद भट्टराईले स्वागत गरेको कार्यक्रमको सहजीकरण शिक्षक मनिलाल खड्काले गरेका थिए ।