झापा । 

झापाको मेचीनगर नगरपालिका वडा नम्बर १३ पाथिभरा मन्दिर अगाडि एउटा मोटरसाइकल फेला परेको छ । शनिवार (आज) १०ः१५ बजेको समयमा प्रदेश १–०१–०१६प ७११७ नं. को निलो रंंगको १५० सि.सी. को एफजेट मोटरसाकइल बेवारीसे अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको हो । 

बेवारीसे अवस्थामा मोटसाइकल रहेको स्थानियले प्रहरी चौकी चारआली जानकारी गराउना साथ प्रहरी टोली गएर चारआली झापामा ल्याएर राखेको प्रहरीले जनाएको छ । 

उक्त नम्बरको मोटरसाइकल हराएको भनि सम्पर्क गर्न आएमाप्रहरी चौकी चारआली झापामा कागज पत्रसहित सम्पर्क राख्न सकिने प्रहरीले जनाएको छ ।