बिर्तामोड । 

झापाको बिर्तामोडमा नारी सञ्चार गृह झापाको आयोजनामा बिर्तामोडमा आइतबार (आज) नागरिक आन्दोलन र लैङ्गीकता विषयक अन्तरक्रियामा सम्पन्न भएको छ । 

अन्तरक्रियामा नागरिक आन्दोलनका अभियान्ता डा. सञ्जीव उप्रेती र अर्चना थापा मुख्य वक्ताको रुपमा रहेका थिए ।  कार्यक्रममा सहभागीहरुले नागरिक आन्दोलन र लैङ्गिकताका विषयमा राखेका जिज्ञासाको डा. उप्रेती र थापाले जवाफ दिएका थिए ।  

अभियानका क्रममा लगाइने आरोपहरुले आफूलाई अझ मजबुद बनाएको बताउँदै विश्वमा अधिकारको आवाज उठाउने जो कोहीले त्यस्ता आरोपहरु खेप्ने गरेको उदाहरण प्रस्तुत गर्दै आरोपलाई आफूले पुरस्कारका रुपमा ग्रहण गर्ने उनीहरुले बताएका छन् । 

नारी सञ्चार गृह झापाकी अध्यक्ष रेजिना गौतमको अध्यक्षता तथा सचिव मायामितु न्यौपानेको सञ्चालनमा सम्पन्न कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष सावित्रा दाहाल, निवर्तमान अध्यक्ष भीमा शिवाकोटी, पूर्व अध्यक्ष अम्बिका भण्डारी, नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष केशव भट्टराई, सहसचिव अर्जुन राजवंशी, पूर्वअध्यक्षद्वय केशव आचार्य, मोहनकाजी न्यौपाने, साहित्यकार तथा लेखक कृष्ण बराल, तीर्थ सिग्देल, भवानी क्षेत्री, इन्दु पूर्वेली, इन्द्रजीत मुखिया, भगवती ढुङ्गेल, गणशेमान मुखिया, पर्वत पोर्तेल, सुब्रत न्यौपाने, रमा दाहाल, जीएन शर्मा, जयप्रसाद आचार्य, मातृका संग्रौला, सुनिता तामाङ लगायत पत्रकार तथा साहित्यकारहरुको उपस्थिति रहेको थियो ।