बिर्तामोड । 

झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर –६ बिहानी टोलस्थित ब्याडमिण्टन कवर्ड हलको बाहिर सोमवार (आज) बिहान एक महिला मृत फेला परेकी छिन् । 

माइतीघर माई नगरपालिका इलाम रहेकी र हालको स्थायी बसोबास पत्ता लागि नसकेकी अन्दाजी ५० बर्षिया माया मगर नाम गरेकी महिला मृत अवस्थामा रहेकी इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी सुरज कार्कीले जानकारी दिए । 

डिएसपी कार्कीका अनुसार मृतक महिलाको टाउकोमा टोल लागेर र घटना स्थलमा रगतसमेत रहेको छ । महिलाका आफन्तहरु घटना स्थलमा आइपुगेका डिएसपी कार्कीले जानकारी दिए । 

घटनाको थप अनुसन्धानका लागि तालिम प्राप्त कुकुर मगाइएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।