सुरुङ्गा । 

झापाको कनकाई नगरपालिका सुरुङ्गास्थित धनुषकोटीधाममा पिकनिक गएका दुई समूहबिच झडप भएको छ । पिकनीक खान गएको दुई समूह बिच झडप भएको र खुकुरी प्रहार समेत भएको  छ । पर्यटकिय स्थल धनुषकोटीमा दुई पिकनिक समुहविचमा झगडा हुँदा दुई जना घाइते  भएका छन् ।  

घटना सोमवार (आज) साँझ करिब  साढे ५ बजे भएको जनाइएको छ ।   बिर्तामोडबाट आएको एक पिकनिक समुह र अर्को पिकनिक समुहका युवाहरुले मापसे सेवन गरेको र त्यसपछि बिबाद सृजना भएको प्रहरीले जनाएको छ ।  बिबादमा एउटा समुहले खुकुरी  निकालेर अन्धाधुन्ध प्रहार गर्दा दुई जना घाइते भएको प्रहरीले जनाएको छ । घटनामा बिर्तामोड ५ का उमेश चौधरी र दिपक लिम्बु घाइते भएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी सुरज कार्कीले जानकारी दिए । 

चौधरीको बिएण्डसी र लिम्बुको बिर्तासीटीमा उपचार भइरहेको डिएसपी कार्कीले बताए । उनीहरुको टाउकोमा चोट रहेको जनाइएको छ । प्रहरीका अनुसार उनीहरुको अवस्था सामान्य छ । प्रहरीले प्रहार गर्ने समुहको खोजी गरिरहेको जनाएको छ । उनीहरुले प्रयोग गर्ने दुई थान मोटरसाइकल र खुकुरी बरामद गरेको र घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।