• रन्जित परियार

बुट्टाबारी । 

झापाको अर्जुनधारा नगरपालिका–११ स्थित जुनकीरी सार्वजनिक आधारभूत बिद्यालय एवम् मनमाया आमा बालगृहका बिद्यार्थीलाई न्यानो कपडासहित अन्य सामाग्री वितरण गरिएको छ । 

माहेश्वरी महिला मञ्च मेचीले सोमवार बिद्यार्थीहरुलाई न्यानो कपडा, स्टिल भाडावर्तन एवम्  खाद्यान्न हस्तान्तरण कार्यक्रम गरिएको हो ।  

बिद्यालय ९० जना विद्यार्थीहरुलाई न्यानो स्कुल टोपी, मोजा, घरायसी कपडा, नर्सरी कक्षाका बालबालिकालाई खेल सामग्री र खाजा खाने बटुका गिलास, खाद्यान्न, स्टिल भाडा साथै बालगृह आवासमा रहेका २५ जना बालबालिकाहरुलाई स्टिल थाल प्रदान गरिएको मञ्चकि सचिव सुधा तोसनिवालले बताइन् ।

कार्यक्रमको औचित्य माथि प्रकाश पार्दै बालबालिकाहरुलाई आज भगवान राम प्राण प्रतिष्ठा आयोद्य्या तथा जनकपुर एवम् देश भरिनै गरिदै आएको भन्दै राम बचन मञ्चकी उपाध्यक्ष गिता गट्टानीले जानकारी दिइन् । 

बिद्यालयकी संस्थापक रिता राना राईको प्रमुख आतिथ्यमा एवम् मञ्चकी अध्यक्ष रिता चित्तल्याङ्गियाको अध्यक्षता सञ्चालित कार्यक्रमको सहजीकरण प्रधानाध्यापक रन्जित परियारले गरेका थिए ।