बुट्टाबारी । 

लक्ष्मी नारायण भजन किर्तन मण्डली झापाको अर्जुनधारा–११ सालबारीको अध्यक्षमा यज्ञ अधिकारी चयन भएका छन् । किर्तन मण्डलीको छैटौं साधारणसभाबाट अध्यक्षमा सर्वसम्मत अधिकारी चयन भएका हुन् । 

समितिको उपाध्यक्षमा मणिराज बाँनिया, सचिवमा राधेश्याम गिरी, सह–सचिवमा इश्वरी दाहाल, निर्मला ढकाल र कोषाध्यक्षमा प्रेमलाल गिरी सर्वसम्मत चयन भएका छन् । 

त्यसैगरी सदस्यमा सेलिना तामाङ, मालती गिरी, कुमारी बुढाथोकी, घनश्याम नेपाल, कल्पना दाहाल, सरस्वती भोती चयन भएका समाजसेवी लवकुश गौतमले जानकारी दिए ।