विराटनगर।

उदयपुर र झापाबाट लागूऔषध गाँजा र ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरिएको छ ।

उदयपुर कटारी नगरपालिका–३ स्थित बसपार्कबाट इलाका प्रहरी कार्यालय कटारी उदयपुरबाट खटिएको प्रहरी टोलीले लागूऔषध गाँजा ८ किलोग्रामसहित सिरहा गोलबजार नगरपालिका १ की २८ बर्षीया अनिता राईलाई पक्राउ गरेको हो ।

त्यसैगरी झापाको दमक नगरपालिका २ स्थितबाट अस्थाई प्रहरी पोष्ट फाल्गुनन्दबाट खटिएको प्रहरी टोलीले २९ बर्षीय तागेन्द्र मगरलाई लागू औषध ब्राउन सुगर ५०० मिलिग्रामसहित घरैबाट पक्राउ गरी इलाका प्रहरी कार्यालय दमकबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।