झापा । 

पाचँथरका विभिन्न पालिकाबाट बसाइँ सरि झापाको  दमकमा बसोबास गर्नेहरुको संस्था पाँचथर झापा सेवा समाजको प्रथम अधिवेशन सम्पन्न भएको छ । दमकमा भएको अधिबेशनले आगामी २ बर्षे कार्यकालका लागि मित्रप्रसाद थापाको नेतृत्वमा समिति चयन भएको हो ।

समितिको उपाध्यक्षमा निलकण्ठ सापकोटा, देबेन्द्र चाम्लिङ्, यानू सुवेदी, सचिवमा बिरोध सुवेदी, सह–सचिव देउकुमार नेम्वाङ र कोषाध्यक्षमा भोला पोख्रेल चयन भएका छन् । त्यसैगरी सदस्यमा प्रेमबहादुर भट्टराई, जीवन सापकोटा, श्रीप्रसाद पोर्तेल, दयादेवी लुँईटेल, कमलनाथ दवाडी, सारदा खनाल, मणि प्रधान, तुलसी ढकाल, अर्जुन राई, लीला आचार्य र ओममाया आङ्देम्बे रहेका छन् । 

कोशी प्रदेशका प्रदेश सभा सदस्य होमबहादुर थापाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमा विशिष्ट अतिथिका रुपमा दमक नगरपालिकाका प्रमुख रामकुमार थापाको आतिथ्य रहेको थियो ।

दमकका विभिन्न वडाहरुबाट प्रतिनिधि मुलक उपस्थिति माझ सर्वसम्मत नयाँ नेतृत्व चयन भएको निर्वाचन समितिका बिश्वनाथ पोख्रेलले जानकारी दिए । पुर्ख्यौली थलो पाँचथर नै भएको र यो संस्थाको सदस्य बन्न चाहेको भने पछि सोही कार्यक्रमकाबिच आजीवन सदस्यताको प्रमाण पत्र प्रदान गरिएको थियो । संस्थाका सचिव निलकण्ठ सापकोटाले स्वागत गरेको कार्यक्रमको सञ्चालन सह–सचिव बिरोध सुबेदीले गरेका थिए ।