बिर्तामोड । 

झापाको बिर्तामोड–५ मा सञ्चालित न्युटन्स एजुकेशन एकाडेमीले २१ औं बार्षिकोत्सवका अजसरमा रक्तदान कार्यक्रम गरेको छ । बिद्यालयले संस्थाको सामाजिक उत्तरदायित्व अन्तरगत सोमवार (आज) बिर्तामोडमा रक्तदानसहित बिविध कार्यक्रम गरेको हो । 

बिद्यालय ब्यवस्थापन समितिकी अध्यक्ष धर्मा पराजुली प्रसाईको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतरा प्रसाईको प्रमुख आतिथ्य रहेको थियो । 

स्वागत तथा कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै बिद्यालयका पिन्सिपल देबेन्द्र हुमागाईले हाल कक्षा नर्सरीदेखि १२ सम्म सञ्चालन रहेको बताएका छन् । बिद्यालयमा हाल एक हजार ६ सय बिद्यार्थी अध्ययनरत रहेका र एक सय ६० जना शिक्षक, कर्मचारी कार्यरत रहेको प्रिन्सिपल हुमागाईले जानकारी दिए । बिद्यालयको  भौतिक संरचनाको जानकारी दिदै उनले ६ वटा भवन ४ वटा घरहरु रहेको बताए । त्यस्तै बिद्यालयमा बाल क्लव, टुरिज्यम क्लब, स्काउट गरेर तीन वटा क्लबमार्फत बिद्यार्थीहरुलाई सामाजिक क्षेत्रमा चलायमान गराइरहेको प्रिसिन्पल हुमागाईले जानकारी दिए । 

newtons

सोही कार्यक्रमकाबिच नगर स्तरीय निबन्ध लेखन प्रतियोगितामा बिजेताहरुलाई घोषणा गरिएको पुरस्कार वितरण गरिएको थियो । प्रथम हुने बाल्मिकी स्कुल कक्षा १० कि मनिका भण्डारी, दोस्रो मोहनमाया माबि कक्षा १० का प्रज्ञान खनाल, तेस्रो तक्षशीला स्कुल कक्षा ८ की सृष्टि कट्टेल र सान्तवना न्युटन्स एजुकेशनकी कक्षा ९ की श्रेयसी कार्कीलाई क्रमश ७ हजार ५ सय, ६ हजार ५ सय, ५ हजार ५ सय र २ हजार ५ सय नगदसहित प्रशंसापत्रले पुरस्कृत गरिएको थियो । 

त्यसैगरी बिर्तामोड–७ मा रहेको शहिद नेत्र पार्क रंगरोगनका लागि ५० हजार रुपैयाँ बराबरको रंगसमेत सुन्दर निचाझोडा सामुदायिक बनका अध्यक्ष बद्री प्याकुरेललाई प्रदान गरिएको छ । 

कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख प्रसाई, प्याब्सन झापा अध्यक्ष गौरीमान फागो, बिर्तामोड नगर शिक्षा प्रमुख तिलोचन भण्डारीलगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन सञ्चारकर्मी सरोज पौडेलले गरेका थिए । रक्तदान कार्यक्रममा १३८ पिन्ट रगत संकलन गरिएको बताइएको छ ।