हल्दीबारी । 

झापाको हल्दीबारी ३ स्थित राधाकृष्ण मन्दिरमा गत २०८० पौष २७ गतेदेखि माघ ४ गतेसम्म आयोजना  भएको श्रीमद भागवत महापुराणको आम्दानी तथा खर्च सार्वजनिक गरेको भएको छ । 

पुराण आयोजक समितिले सोमबार (आज) आय तथा व्यय सार्वजनिक गरेको हो । पुराण आयोजक समितिका अध्यक्ष चन्द्रप्रसाद दाहालको अध्यक्षतामा तथा सनातन धर्म सेवा समिति जिल्ला शाखा झापाका सचिब लक्ष्मीप्रसाद दंगालको प्रमुख आतिथ्यमा पुराणको आय ब्याय सार्वजनिक गरिएको हो ।

पुराणको आम्दानीतर्फ ११ लाख १६ हजार ६ सय ३७ रूपैयाँ सहयोग बापत प्राप्त भएको छ । नगदी रसिदबाट १० लाख ०८ हजार १२६ रूपैयाँ, धान बिक्रीबाट  ६१ हजार ५०रूपैयाँ, चामल बिक्रीबाट १७ हजार ५० रूपैयाँ, दान पेटिकाबाट १९ हजार ३०० रूपैयाँ र नगद सहयोग ११ हजार १११ रूपैयाँ आम्दानी भएको जनाइएको छ ।   

त्यस्तै  खर्चतर्फ पुराण सञ्चालन खर्च टेन्ड ८० हजार रूपैयाँ,  प्रेसमा जम्मा खर्च ४३ हजार रूपैयाँ दोसल्ला र रामनामी ६१ हजार ६०० रूपैयाँ,  माला (रुद्राक्ष) को ४ हजार ५०० रूपैयाँ, सिलिन्डर भरेको (५ ओटा) ९ हजार ६८० रूपैयाँ, पूजा सामाग्री २८ हजार रूपैयाँ,  खाना, खाजा र प्रसादी ८४ हजार रूपैयाँ,  गुरु दक्षिण तथा कलाकारहरुको पारिश्रमीक २ लाख ३१ हजार ६० रूपैयाँ खर्च भएको छ । 

 त्यसैगरी प्रचार–प्रसार खर्च ११ हजार ७३० रूपैयाँ, पानी ३ हजार ८७५ रूपैयाँ,  गुरुलाई माला ६३० रूपैयाँ  छ भने नगद बचत ५ लाख ५८ हजार ५६२ रुपैयाँ भएको आयोजक समितिले जनाएको छ । 

मन्दिर निमार्ण भएपछि यो स्थानमा पहिलो पटक पुराण आयोजना भएको हो । उक्त बचत रकमले मन्दिरको लागि आवश्यक जग्गा खरिद गरिने जनाइएको छ ।