हल्दीबारी । 

झापाको हल्दीबारी माध्यमिक बिद्यालयले १४ औँ राष्ट्रपति रनिङ शिल्ड खेलाडी छनौट प्रतियोगिता शुरु गरेको छ । प्रतियोगिताको उद्घाटन सोमवार (आज) हल्दिबारी गाउँपालिकाका अध्यक्ष रबिन्द्रप्रसाद लिङ्देनले गरेका हुन्।

गाउँपालिका स्तरीय खेलकुद समिति का संयोजक एवंम वडा नं ४ का वडाध्यक्ष सन्तकुमार थापाको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष लक्ष्मीदेवी मैनाली, प्रमुख प्रशासकीय अधिकृत मानबाहादुर बन (महेन्द्र), विशिष्ट आतिथ्य रहेको थियो ।

कार्यक्रममा ५ वटै वडाका अध्यक्षहरु, कार्यपालिका सदस्य, हल्दिबारीका संस्थागत र सामुदायिक विद्यालयका प्रतिनिधिहरू, राजनीतिक दलका प्रतिनिधिहरुलगायत प्रतियोगितामा भाग लिने ११ वटा विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको थियो। समारोहलाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले शारीरिक र मानसिक स्वास्थ्यका लागि खेलकुद अपरिहार्य भएको बताए। खेलाडीहरूलाई प्रतियोगिता जितेर आउन शुभकामना दिँदै उनले उत्कृष्ट खेलाडी विद्यार्थीलाई गाउँपालिकाले पुरस्कृत गर्ने घोषणा गरे।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मैनाली , प्रमुख प्रशासकीय अधिकृत बन, चक्रबहादुर बस्नेत, त्रिलोचन सापकोटा, देवीबहादुर थापा, शुकलाल राजवंशीलगायतले शुभकामना मन्तव्य राखेका थिए । प्रतियोगितामा भलिबल, कबड्डी, एथलेटिक्स , कराँते, तेक्वान्दो, उसु, हाइजम्प, लङजम्प,लगायतका खेल रहेका छन्। प्रतियोगितामा गाउँपालिका भित्रका संस्थागत र सामुदायीक गरि जम्मा ९ वटा विद्यालय सहभागी भएका थिए।

खेलकुद समितिका सदस्य सचिव टंक पाख्रिनले स्वागत गरेको कार्यक्रमको सञ्चालन विद्यालयका सहायक प्रधानाध्यापक तुलसी कोइरालाले गरेका थिए। आज भएका खेलहरूमा छात्रतर्फ १०० मिटर दौडमा जन जागृति माविका खेलाडी अरुण राई प्रथम,  महेन्द्र माविका सन्दीप ठटाल द्वितिय र हल्दिबारी माविका खेलाडी सुजल राजवंशी तृतीय भएका थिए भने

छात्रातर्फ चिल्ड्रेन गार्डेन हल्दीबारी–३) की खेलाडी सलिना मेचे प्रथम, हल्दिबारी माविकी सुमित्रा मर्डी द्वितीय, लक्ष्मी मावि की ममता मर्डीले तृतीय स्थान हासिल गरेकी थिइन्। छात्रतर्फ लङ जम्पमा हल्दिबारी माविका राजेश राजवंशी प्रथम, चिल्ड्रेन गार्डेन (हल्दीबारी–३) का किरण मेचे द्वितीय र जन जागृति माविका खेलाडी प्रज्वल रायमाझी तृतीय भएका थिए । 

छात्रातर्फ जन जागृति माविकी सरस्वती बानियाँ प्रथम, पञ्चायत माविकी सुशीला हस्दा द्वितीय र लक्ष्मी मावि की खेलाडी सलिना बोगटी तृतीय भएकी थिइन्।छात्रतर्फ ट्रिपल जम्पमा जन जागृति माविका आयुष पराजुली प्रथम, सिग्मा इंग्लिश स्कूलका रिवाज बोहोरा द्वितीय र हल्दिबारी माविका राजेश राजवंशी तृतीय बनेका थिए। छात्रातर्फ जन जागृति माविकी सोनी योङहाङ प्रथम, लक्ष्मी माविकी नेहा मुर्मु द्वितीय र हल्दिबारी माविकी कृषा मुर्मु तृतीय भएकी थिइन्।

छात्रातर्फ हाई जम्पमा जन जागृति माविकी सरस्वती बानियाँ, हल्दिबारी माविकी समिका मुर्मु द्वितीय र लक्ष्मी माविकी नेहा मूर्मु तृतीय भएका थिए। छात्र तर्फको हाई जम्प भने हुन बाँकी रहेको छ। यस्तै कतिपय खेल आज हिट मात्रै भएका छन्। प्रतियोगिता ३ दिन सम्म संचालन हुनेछ।