झापा । 

झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ११ स्थित दुधेमा बाख्रा खोरमा आगलागी हुँदा एकलाख ६२ हजार रुपैयाँको क्षति भएको छ । दुधेचौक स्थित रामबहादुर चौहानको बाख्रा खोरमा अचानक आगलागी हुँदा खोरमा रहेका दुई वटा बाख्रा र खोर जलेटर नष्ट भएको सो क्षति भएको हो । 

मंगलबार (आज) गए राती २ बजेको समयमा अचानक भएको आगलागी स्थानियबासी र दमकलको सहयोगमा २ः३० बजे पूर्ण रुपमा नियन्त्रणमा लिइएको थियो । 

आज बिहान ५ः५५ बजेको समयमा इलाका प्रहरी कार्यालय झिलझिलेमा खबर प्राप्त हुन साथ झिलझिलको टोली गएर थप अनुसन्धान गरेको थियो । 

काठको बेरा टिनको छाना भएको बाख्रा गोठ पूर्ण रुपमा जलेर नष्ट भएको र खोर भित्र रहेको २ ओटा बाख्रा पनि जलेर मरेको साथै एउटा खसि समेत जलेर गम्भीर भएको र खोरमा राखेको २० क्यूुफिट सालको  चिरान काठ समेत जलेर नष्ट हुँदा १ लाख ६२ हजार रुपैयाँ बराबरको  क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।