बिर्तामोड । 

दोस्रो आदिवासी जनजाति बिर्तामोड महोत्सवमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ ।  लायन्स क्लब अफ बिर्तामोड लेडी र मनमोहन मेमोरियल सामुदायिक अस्पतालले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुन् । 

दुवै संस्थाले संयुक्त रुपमा मंगलवारदेखि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेका हुन् ।  स्वास्थ्य सबैभन्दा ठूलो धन हो र स्वास्थ्य रहे हामी पनि रहन्छौ भन्दै महोत्सवमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको लायन्स क्लब अफ बिर्तामोड लेडीकी अध्यक्ष निरु उप्रेती ओलीले बताइन् ।

महोत्सव अवधिभर सो शिविर सञ्चालन गरिने उनले जानकारी दिइन् । नेपाल आदिवासी जनजाति महासंघ  नगर समन्वय परिषद बिर्तामोडको आयोजनामा  सञ्चालन भइरहेको महोत्सव माघभरि चल्ने जनाइएको छ ।