झापा । 

सामान्य विवादमा काठको मुङ्ग्रो र फलामको हमरले टाउँकोमा प्रहार गर्दा एक जनाको मृत्यु भएको छ । झापाको बुद्धशान्ति गाउँपालिका वडा नम्बर ३ स्थित पाथिभरा ब्लक उद्योगमा काम गर्ने पाँचथर नागी गाउँपालिकाका वडा नम्बर २ घर भएका ३५ बर्षिय बिक्रम सेनेहाङको मृत्यु भएको हो । 

उनलाई सामान्य विवादमा शिवसताक्षी  नगरपालिका वडा नम्बर ८ पोखरी टोल घर भई सोही ब्लक उद्योगमा काम गर्ने १९ बर्षिय मिलन पुरकोटीले शुक्रवार काठको मुङ्ग्रो र फलामको हमरले टाउँकोमा प्रहार गरेर गम्भीर घाइते बनाएका थिए । 

प्रहारपछि गम्भीर घाइते सेनेहाङलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड लगिएको थियो । उनको अवस्था गम्भीर भएर त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारको लागि गएराती ११ः३० बजे नोबेल अस्पताल बिराटनगर रेफर गरिएको थियो । 

नोबेल अस्पताल बिराटनगरमा पु¥याएर उपचार भइरहेको उनको शनिवार (आज) बिहान ५ः३० मा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । तत्काल मृतक सेनेहाङको शव सोहि अस्पतालमा रहेको प्रहरीले जनाएको छ । 

कुटपिट गर्ने मिलनलाई इलाका प्रहरी कार्यालय बुधबारेले नियन्त्रणमा लिएर थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय धुलाबारीमा ल्याएर राखिएको राखिएको प्रहरीले जनाएको छ ।