बिर्तामोड । 

आज विश्व क्यान्सर (अर्बुद) दिवस  मनाइँदैछ । आइतवार (आज) ‘बढ्दैछ चुनौती क्यान्सरको, पहुँच बढाऔं स्याहारको’ भन्ने नाराका साथ नेपालमा पनि विभिन्न सचेतनामूलक कार्यक्रम गरी यो दिवस मनाइँदैछ ।

झापाको बिर्तामोडको पूर्वाञ्चल क्यान्सर अस्पतालले पनि आज बिविध जनचेतानामुलक कार्यक्रम गरेर विश्व क्यान्सर दिवसर मनाउने अस्पतालका जनसम्पर्क अधिकारी प्रोशिम गिरीले जानकारी दिए । उनका अनुसार बिहान क्यान्सर सम्बन्धी जनचेतनामुलक र्याली गरिने छ भने दिउँसो बिर्तामोडमा झापाका १५ वटै स्थानीय तहका प्रमुखसँग अन्तरक्रिया मुलक कार्यक्रम गरिनेछ । 

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का अनुसार सन् २०२२ मा करिब एक करोड व्यक्तिको मृत्यु अर्बुद रोगका कारण भएको छ । डब्लुएचओका अनुसार अर्बुद रोगबाट हुने मृत्यु मध्ये पनि करिब एकतिहाइ सुर्तिजन्य पदार्थको प्रयोग, मोटोपन, मदिरा सेवन, फलफूल तथा तरकारीको कम सेवन र शारीरिक क्रियाकलापको अभ्यास कमीका कारण हुने गरेको छ ।

यस्तै सबैभन्दा धेरै फोक्सोको अर्बुद रोग देखिएको छ । स्तन, प्रोस्टेट, कोलोरेक्टम, पेट, कलेजो र मूत्राशयमा अर्बुद रोग बढी हुने गरेका छन् । नेपालमा अर्बुद रोगका बिरामीको यकिन तथ्याङ्क नभए पनि डब्लुएचओका अनुसार नेपालमा पाठेघरको मुख, स्तन र फोक्सोमा हुने अर्बुदका कारण धेरै महिलाको मृत्यु हुने गरेको छ । यस्तै पुरुषमा फोक्सो, पेट र कलेजोमा अर्बुदको रोग बढी हुने गर्छ । यस दिवस हरेक वर्षको फेब्रुअरी ४ तारिखका दिन मनाइन्छ ।