अर्जुनधारा । 

नेपाली कांग्रेसका प्रभावशाली नेता एवम् पूर्वमन्त्री केशवकुमार बुढाथोकीको निधन भएको छ । झापाको अर्जुनधाराका नेता बुढाथोर्की प्रोस्टेट क्यान्सर रोगबाट पिडीत थिए । उनको उपचारको क्रममा सोमबार राति निधन भएको हो । नेपाली कांग्रेस अर्जुनधाराका सभापति हेमराज खरेलले उनको निधन भएको पुष्टि गरेका छन्।

बिराट नर्सिङ होम बिराटनगरमा उनको उपचार भईरहेको थियो । उनी दुईपटक मन्त्री भएका थिए । उनी पञ्चायतकालमा जलस्रोत राज्यमन्त्री र पछिल्लो पटक सामान्य प्रशासन मन्त्री भएका थिए ।

‘सेतो बाघ’ उपनामले समेत परिचित बुढाथोकी करिब चार बर्षदेखि प्रोष्टेट क्यान्सरसँग लडिरहेका थिए । लामो समय भारतमा उपचार गराएका बुढाथोकीलाई एकसाता अघिदेखि थप समस्या उत्पन्न भएपछि अस्पताल भर्ना गरिएको थियो ।

पार्टी भित्र आफ्ना विचार स्पष्टसँग राख्न सक्ने र सबैलाई मिलाएर अघि बढ्नुपर्छ भन्ने धारणा भएका नेता बुढाथोकीको निधनसँगै कांग्रेसलाई ठूलो क्षति पुगेको कांग्रेस नेताहरुको भनाई छ । उनको निधनसँगै सामाजिक सञ्जालहरुमा उनका शुभचिन्तकहरुले दुःख ब्यक्त गरिरहेका छन् ।