झापा । 

चोरी मुद्दामा फैसला भई फरार रहेका झापाका हल्दीबारीका एक जना पक्राउ परेका छन् । चोरी मुद्दामा ३ महिना कैदसहित जरिवाना भई फरार रहेका झापाको हल्दीबारी गाउँपालिका वडा नम्बर २ का २२ बर्षिय काले भन्ने महेश राजबंशीलाई प्रहरीले पक्राउ गरेको हो । 

झापा जिल्ला अदालतको मिति २०८०/०५/२५ गतेको फैसला अनुसार चोरी मुद्दाका फरार राजवंशीलाई जिल्ला प्रहरी कार्यालय झापाबाट फैसला कार्यन्वयनको लागि खटिएको प्रहरी टोलीले मंगलबार पक्राउ गरेको हो । 

प्रहरीले फरार राजवंशीलाई पक्राउ गरी फैसला कार्यन्वयनको लागि झापा जिल्ला अदालत चन्द्रगढीमा उपस्थित गराएको थियो । अदालतको आदेश अनुसार कैद भुक्तानको लागि मंगलबार कारागार कार्यालय झापा पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।