अर्जुनधारा । 

झापाको अर्जुनधारा नगरपालिकाले बुधबार (आज) शोक बिदा दिएको छ । अर्जुनधारा–८ का नेपाल सरकारका पूर्व सामान्य प्रशासन मन्त्री, संविधान सभाका सदस्य एवं तत्कालिन शनिश्चरे गाउँ पञ्चायतका प्रधानपञ्च समेत भएका केशवकुमार बुढाथोकीको निधनप्रति नगरले शोक बिदा दिएको हो । 

अर्जुनधारा कार्यवाहक नगर प्रमुख खड्गमाया पराजुलीले मंगलबार एक सूचना जारी गरी नगरपालिका अन्तर्गतका निकायहरुमा स्वास्थ्य संस्थाहरुको आकस्मिक सेवा बाहेक बुधबारका दिन शोक विदा दिइएको जनाएकी छिन् । 

नेता बुढाथोकी प्रोस्टेट क्यान्सर रोगबाट पिडीत थिए । उनको उपचारको क्रममा सोमबार राति बिराट नर्सिङ होम बिराटनगरमा निधन भएको थियो । उनी पञ्चायतकालमा जलस्रोत राज्यमन्त्री र पछिल्लो पटक सामान्य प्रशासन मन्त्री भएका थिए ।

‘सेतो बाघ’ उपनामले समेत परिचित बुढाथोकी करिब चार बर्षदेखि प्रोष्टेट क्यान्सरसँग रोगबाट पिडीत थिए । लामो समय भारतमा उपचार गराएका बुढाथोकीलाई एकसाता अघिदेखि थप समस्या उत्पन्न भएपछि अस्पताल भर्ना गरिएको थियो । उनको मंगलबार नै अन्त्यष्टी गरिएको छ । 

ar