झापा । 

अखिल नेपाल सुपारी उत्पादक संघ केन्द्रिय संयोजकमा निलकण्ठ तिवारी चयन भएका छन् । अखिल नेपाल किसान महासंघ केन्द्रिय सदस्य थीरप्रसाद खतिवडाको अध्यक्षता तथा केन्द्रिय उपाध्यक्ष बेनु शिवाकोटीको प्रमुख आतिथ्यमा सम्पन्न भेलाले तिवारीको संयोजकत्वमा १३ सदस्यीय केन्द्रिय तदर्थ समिति गठन गरेको हो ।

बिहिबार मेचीनगर नगरपालिकाको सभाहलमा आयोजित भेलाले नेपालको सुपारी खेती हुने जिल्लाहरु झापा, मोरङ, सुनसरी, इलाम र उदयपुर जिल्लाबाट अखिल नेपाल सुपारी उत्पादक संघ केन्द्रिय तदर्थ समिति गठन गरेको छ ।

संघमा झापाबाट संयोजक तीवारीसहित सदस्यमा टीकादेवि नेपाल, मुक्तिनाथ गौतम र नगेन्द्र प्रकाश खनाल चयन भएका छन् । मोरङ जिल्लाबाट सन्तबहादुर राई र जगत बहादुर थामी रहेका छन् । त्यस्तै उदयपुर जिल्लाबाट नन्दीलाल चौधरी चयन भएका छन् भने बाँकी रहेका सदस्यहरु इलाम र सुनसरी जिल्लाबाट छनोट गरिने संयोजक तीवारीले जानकारी दिए । उनका अनुसार आगामी बैठकले रिक्त रहेका सदस्यहरु छनोट गरिनेछ ।

कार्यक्रममा अखिल नेपाल किसान महासंघ केन्द्रिय सचिव विश्व बराल, कोशी प्रदेश अध्यक्ष दुर्गा थापा ९स्वस्तीक०, केन्द्रिय सदस्य उदयनारायण ढुंङाना, झापा अध्यक्ष विमल निरौलालगायतको आतिथ्यता रहेको थियो ।