अर्जुनधारा । 

‘महिला एक्यबद्धता हाम्रो प्रतिबद्धता’ भन्ने मुख्य नारासहित झापाको अर्जुनधारा–१०स्थित प्रगति महिला कृषक समूहको आयोजनामा डिजीटल सुरक्षा सम्बन्धी दुई दिने चेतनामूलक कार्यक्रम शुक्रबारदेखि शुरु भएको छ ।

अर्जुनधारा–८ नं. वडा कार्यालयको संयोजनमा स्थानीय फरवार्ड एजुकेशन फाउण्डेशन झापा प्रालिको सभाहलमा आयोजित उक्त कार्यक्रमको प्रमुख अतिथि कोशी प्रदेश सभा सदस्य तिलचन पाठक (चिन्तन) ले उद्घाटन गरेका थिए ।

सहजकर्ताद्वय अर्जुनधारा नगरपालिका सूचना प्रविधि शाखा प्रमुख विनोद खनाल र क्यान झापाका सचिव लोकप्रिय खनालले सहजिकरण गर्ने कार्यक्रममा शनिश्चरे माध्यमिक विद्यालय कक्षा–११ र १२का ३० जना छात्राको सहभागिता रहेको बताइएको छ । समूहकी अध्यक्ष गान्धारी मिश्रको अध्यक्षतामा आयोजित कार्यक्रममा वडाध्यक्ष कुमारप्रसाद उप्रेतीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

उक्त कार्यक्रमको सञ्चालन समूहकी सदस्य सावित्रादेवी बाँस्कोटाले गरेकी थिइन् । ललितपुरस्थित टेवा नेपालको आर्थिक सहयोग रहेको उक्त कार्यक्रम नगरपालिकाअन्र्तगतको अन्य वडामा पनि सञ्चालन गर्ने आयोजकको तयारी रहेको छ ।