झापा । 

झापाको मेचीनगर नगरपालिका–१५ स्थित भिडि वस्तीमा आगलागी हुँदा दुई वटा घरमा क्षति भएको छ । भिडी वस्तीमा शनिवार (आज) १०ः४५ बजे अचानक आगलागी भएको थियो ।

आगलागीबाट मेचीनगर १५ का लिलमुनि किस्कु र बडका मुर्मुको घरमा क्षति भएको हो । उक्त आगलागीबाट ३ लाख ८८ हजार रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

किस्कुको टीनको छाना बासको बेरा भएको घर, घर भित्र रहेको अन्नापात, लत्ताकपडा, भाडा वर्तन, नगद ८, हजार पूर्ण रुपले जलेर जम्मा दुई लाख ३८ हजार रुपैयाँ बराबरको क्षति भएको छ भने मुर्मुको टीनको छाना बासको बेरा भएको घर, घर भित्र रहेको अन्नापात, लत्ताकपडा, भाडावर्तन गरी जम्मा एक लाख पचाँस हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

आगो स्थानियबासी र नेपाल प्रहरीको सहयोगमा ११ः३० बजेको समयमा पूर्ण रुपमा नियन्त्रणमा लिइएको बताइएको छ ।