झापा । 

झापामा पानी लगाउन गएका एक जना मृत फेला परेका छन् । आइतवार अन्दाजी २ बजेर ४५ मिनेटको समयमा झापा–६ मिलन चौक बस्ने झापा गाउँपालिका–६ दुर्गा चौकमा मकै बारीमा पानी लगाउन गएका ३० बर्षिय रोहितबहादुर कट्वाल मृत फेला परेका हुन् । 

सोही स्थानका दुर्गा चौकका हरिबहादुर बानियाको मकै बारीमा पानी लगाउन गएको उनी सोही स्थानमा मृत अवस्थामा फेला परेको जिल्ल प्रहरी कार्यालय झापाले जनाएको छ । 

वडाका वडाध्यक्षले ३ः१५ बजे बजे प्रहरी चौकी शरणामतिमा जानकारी गराउन साथ तत्काल प्रहरी टोली घटना स्थल पुगेको थियो । मृतक पहिलादेखि नै मृगी रोगको बिरामी रहेको र औषधी सेवन समेत गरी रहेको भनि मृतकको आफन्तले जानकारी गराएको प्रहरीले जनाएको छ । 

 घटनास्थल सुरक्षित राखेर थप अनुसन्धान तथा कानुनि प्रकृयाको लागि जिल्ला प्रहरी कार्यालय प्रहरी टोलीगएको प्रहरीले जनाएको छ ।