बिर्तामोड । 

वीरता लेडी जेसीजले बिर्तामोडस्थित आफ्नै सचिवालयमा प्री इन्डक्सन एण्ड लोम अफिसर्स ट्रेनिङ आयोजना गरेको छ । आफ्ना सदस्यहरूको सीप तथा क्षमता वृद्धिका लागि लेडी जेसीजले उक्त तालिम आयोजना गरेको हो । 

सदस्यहरूको प्रतिस्पर्धी क्षमता विकासमा सघाउन तालिम आयोजना गरिएको वीरता लेडी जेसीज सन् २०२४ की अध्यक्ष मेनुका ओलीले बताइन् । सोमबार भएको तालिममा ३५ जना भन्दा बढीको सहभागिता रहेको थियो ।

सहभागीलाई कार्यक्रमका प्रमुख अतिथि एवव् वीरता जेसीजका पूर्व अध्यक्ष शिवकुमार अग्रवालले तालिम दिएका थिए । पूर्व अध्यक्ष कञ्चना सिटौला विशिष्ट अतिथि रहेकी तालिममा वीरता लेडी जेसीज पूर्व अध्यक्ष क्लबका अध्यक्षहरू, मानार्थ सदस्यहरू र कार्यसमितिका पदाधिकारी तथा सदस्यको सहभागिता रहेको थियो ।

निवर्तमान अध्यक्ष संगीता गिरी र पूर्व अध्यक्ष संगीता चिमरियाको समेत उपस्थिति रहेको कार्यक्रममा एलिना रिजालले आस्था पाठ गर्नुका साथै कोपिला पोखरेलले स्वागत गरेकी थिइन् । 

लेडी जेसीजकी पूर्व अध्यक्ष स्वस्तिका सिटौलाले औचित्यमाथि प्रकाश पारेको कार्यक्रममा मिसन भिजन अस्मिता राईले वाचन गरेकी थिइन भने सञ्चालन महासचिव मुना ढुंगेलले गरेकी थिइन् ।