बिर्तामोड । 

राजवंशी समाज विकास समिति बिभाजन भएर दुई वटा समिति निर्माण गरी कार्य गरिरहेको अवस्थामा पुनः अर्को समितिले बिर्तामोड नगरको अधिवेशन गर्ने भएपछि बिवाद शुरु भएको छ ।  अभय राजवंशी नेतृत्वको राजवंशी समाज विकास समितिले आगामी फागुन ५ गते बिर्तामोड नगर समितिको अधिवेशन गर्ने भनेर सामाजिक सञ्जालमा प्रचार गरेपछि विवाद शुरु भएको हो । 

सुवन्तकुमार राजवंशीको नेतृत्व रहेको राजवंशी समाज विकास समितिले संस्थाको विधान अनुसार गत जेठ ३२ गते निर्वाचन प्रक्रिया पूरा गरेर नगर र वडा समिति गरिसकेको जनाउँदै आएको छ । समितिको बिर्तामोड नगर समितिले नगर अधिवेशनको कार्यक्रम रोकी पाउ भनेर जिल्ला प्रशासन झापा, बिर्तामोड नगरपालिका र इलाका प्रहरी कार्यालय अनरमनी बिर्तामोडमा निवेदन दिएर नगर अधिवेशन रोक्न मागसमेत गरेका छन् । 

उनीहरुले बिर्तामोडमा मंगलबार (आज) पत्रकार भेटघाट गर्दै आफुहरुको नेतृत्वमा रहेको समिति आधिकारिक भएको बताउँदै अभय नेतृत्वको समितिलाई नगर अधिवेशन नगर्न आग्रह गरेका छन् । 

उच्च अदालत बिराटनगरमा बिचारधिन अवस्थामा मुद्दा रहेको र गत असारमै दुईतिहाई भन्दा वढीे प्रतिनिधिको उपस्थितिमा मान्यूटमा हस्ताक्षर भइसकेको समितिका झापा अध्यक्ष उत्तमकुमार राजवंशीले बताएका छन् । उनले अधिवेशन गरेपनि राजवंशी समाज विकास समिति नामको संस्था अदालतमा बिचारधिन रहेकोले उक्त संस्था दर्ता नम्बरमा कुनैपनि गतिबिध नगर्न आग्रह गरे । 

rajbanshi 2

उक्त समितिका केन्द्रिय सल्लाहकार पानीलाल राजवंशीले अविबेशन नरोके बिवाद पनि हुन सक्ने बताएका छन् । समितिका केन्द्रिय सचिव लखनलाल राजवंशीले आफु नेन्तृत्व समिति बैधानिक भएको बताउँदै समितिको लोगो र लेटरप्याड प्रयोग गरेकोप्रति आपत्ती जनाएका छन् । पत्रकार भेटघाट कार्यक्रममा उक्त समितिका बिर्तामोड नगर अध्यक्ष सिरतलाल राजवंशीले कुनैपनि हालतमा  बिर्तामोड नगर अधिवेशन गर्न नदिने बताएका छन् । 

पत्रकार भेटघाट कार्यक्रममा उक्त समितिका बिर्तामोड नगर उपाध्यक्ष रतन राजवंशी, सचिव बालकृष्ण राजवंशी, सह–सचिव झलकसिंह राजवंशी, नगर सदस्य रञ्जितकुमार राजवंशी, राजकुमारसिंह राजवंशी, बिर्तामोड–५ वडाध्यक्ष रुपा राजवंशी, वडा नम्बर ६ का तीतानन्द राजवंशी, वडा नम्बर ३ सचिव नगेन्द्र राजवंशी, वडा नम्बर ३ का सदस्य देबकुमारसिंह राजवंशीलगायतको उपस्थिति रहेको थियो । 

यता अर्को समितिका अध्यक्ष अभय राजवंशीले आफु नेतृत्व समिति बैधानिक भएको बताएका छन् । उनले उच्च अदालतको मुद्दाको प्रराम्भीक फैसला आफु नेतृत्वको पक्षमा आएको बताउँदै नेपाल आदिवासी जनजाती महासंघले पनि आफु नेतृत्व समितिलाई बैधानिकता दिइसकेको बताएका छन् । उनले बिर्तामोड नगरमा आगामी फागुन ५ गते अधिवेशन गराउने बताएका छन् । ‘बिर्तामोड नगरमा १४ हजार ७०० राजवंशी समुदायको जनसंख्या छ’ अध्यक्ष अभयले भने ‘ती मध्ये म नेतृत्वको पक्षमा १४ हजार ६ सय ५० जना छन् ।’

उनका अनुसार झापा, मोरङ, सुनसरी र काठमाडौंमा गरेर करिव २ लाख राजवंशी समुदायको जनसंख्या रहेको र १० जना बाहेक सवै उनकै पक्षमा छन् ।