दुर्गापुर । 

झापाको कनकाई नगरपालिका ७ स्थित दुर्गापुर चार कोठे  पक्की भवन निर्माण भएको छ । कनकाई नगरपालिकाको आर्थिक सहयोग तथा  स्थानिय र प्रहरीको सकृय सहभागितामा २ कठ्ठा नम्बरी जग्गामा जस्ताको छानो भएको ४ कोठे  पक्की भवन निर्माण सम्पन्न भएको हो । 

१४ लाख  लागतमा निर्माण सम्पन्न भएको भवन अस्थाई प्रहरी बिट दुर्गापुरको बिट उद्घाटन गरी अस्थाई प्रहरी बिट दुर्गापुरलाई मंगलबार (आज) हस्तान्तरण गरिएको हो । कनकाई –७ का वडाध्यक्ष भिष्मभुषण सिटौलाको अध्यक्षतामा भएको कार्यक्रममा कनकाई नगरप्रमुख राजेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्य रहेको थियो । 

कार्यक्रममा जिल्ल प्रहरी कार्यालय झापाका कार्यालय प्रमुख प्रहरी उपरिक्षक दुर्गाराज रेग्मी, इलाका प्रहरी कार्यालय अनारमनी कार्यालय प्रमुख प्रहरी नायव उपरिक्षक सुरज कार्की बिभिन्न राजनैतिक दलका प्रतिनिधी, पत्रकार, स्थानिय बुद्धीजिबी, भद्रभलादमी, स्थानिय जनप्रतिनिधी र नेपाल प्रहरीलगायत उपस्थिति रहेको थियो ।