झापा । 

नेपाल दशनामी समाज केन्द्रिय कार्यालयको बिषयमा छलफल गर्न इटहरीमा भेला हुन दशनामी बन्धुलाई आग्रह गरिएको छ ।नेपाल दशनामी समाज केन्द्रीय कार्यालयकाे घरजग्गा व्यवस्थापन गर्नका लागि आर्थिक स्रोत संकलन गर्न मेचीमहाकाली अभियान अन्तर्गत काेशी प्रदेश भेला सुनसरीको भवनमा हुने भएको कार्यवाहक महासचिव  अशोक गिरीले जानकारी दिए ।

कोशी प्रदेश भेला आयोजक समितिका तर्फबाट समाजको केन्द्रिय कार्यालयको घरजग्गा व्यवस्थापनका लागि आर्थिक स्रोत संकलनका बिषयमा छलफल  गर्न बिहीवार (भोली) गते भेला गरिने भएको हो । 

घर जग्गा ब्यवस्थापन र आर्थिक संकलनका लागि समाजको कोशी प्रदेश भेला आयोजना गरिएको समाजका केन्द्रिय महासचिव  गिरीले जानकारी दिए । उक्त भेलामा उपस्थितिका लागि सवै दशनामी बन्धुहरुलाई आग्रह गरिएको छ । भेला फागुन ३ गते बिहीवार दशनामी समाज सुनसरीको भवन इटहरीमा  बिहान ११ बजे हुने भएको छ ।  

समाजका कोशी प्रदेश अध्यक्ष पदमबहादुर पुरी (प्रकाश) र कोशी प्रदेश भेला आयोजक समितिका संयोजक तथा केन्द्रिय उपाध्यक्ष तेजबहादुर पुरीद्धारा हस्ताक्षरित सूचनामा सवैलाई उपस्थितिका लागि आग्रह गरिएको छ ।