- पवन गिरी
हल्दीबारी ।
झापाको हल्दीबारी गाउँपालिका वडा नम्बर २ स्थित हल्दिबारी नमूना माध्यमिक विद्यालयमा बिद्याकी देबी सरस्वतीको मूर्ति स्थापना गरिएको छ ।
तेह्रथुमस्थित आठराई गाउँपालिका वडा नम्बर ६ चुहानडाँडा जन्म भई हाल बिर्तामोड ४ बस्दै आएका खगेन्द्र मैनाली र मन्दिरा मैनालीले सरस्वती देबीको मूर्ति स्थापना गरेका हुन् ।
उनीहरुले सरस्वती पूजाको अवसर पारेर आफ्ना दिवंगत पितृहरू स्वर्गीय पिता मेदनीप्रसाद मैनाली तथा माता सीतादेवी मैनालीको स्मृतिमा हल्दीबारी माबिमा वाणीकी अधिस्ठात्री देवी पराम्बा माता भगवती सरस्वतीको अनुपम सौन्दर्य मूर्ति प्रदान प्रदान गरेका छन् ।
मैनाली दम्पतीले ६५ हजार ४०० रुपैयाँ मूल्य बराबरको मूर्ति विद्यालयलाई हस्तान्तरण गरेको विद्यालयका प्रधानध्यापक टंकबहादुर पाख्रिनले जानकारी दिएका छन् ।


















