हल्दीबारी । 

हल्दीबारी गाउँपालिका सार्वजनिक सुनुवाई कार्यक्रम गर्ने भएको छ । पालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर बन (मेहेन्द्र) ले मंगलबार सूचना जारी गर्दै आगामी फागुन ११ गते सार्वजनिक सुनुवाई कार्यक्रम गर्ने जनाएका हुन् । 

गाउँपालिका तथा वडाहरुवाट प्रवाह गरिने सेवा, सुविधाको प्रभावकारिता तथा गुणस्तरीय विकास निर्माणका बिषयमा सेवाग्राहीबाट रचनात्मक सल्लाह, सुझाव लिएर आगामी दिनमा सेवा प्रवाहको अवस्थामा थप सुधार गर्ने उदेश्यले पालिकाले सार्वजनिक सुनवाई कार्यक्रम गर्न लागेको प्रमुख प्रशासकीय अधिकृतद्धारा हस्ताक्षरित सूचनामा उल्लेख छ । 

हल्दीबारी गाउँपालिकामा फागुन ११ गते शुक्रवार ११ बजेदेखि सार्वजनिक सुनवाई गरिने भएकाले सरोकारवाला सवैलाई उपस्थितिका लागि आग्रह गरिएको छ ।