झापा । 

झापाको हल्दीबारी गाउँपालिका वडा नम्बर ४ स्थित तामाङ चोक आगालागी भएको छ । सोही स्थान बस्ने शेखर अधिकारीको  टिनको छानो, टाटि बेरा भएको १ तल्ले कचि घरमा आचानक बिहीवार (आज)  ११ः५० बजेको समयमा आगलागी भएको हो । 

आगलागी भएको जानकारी प्राप्त हुन साथ जलथल प्रहरी चौकीको प्रहरी टोली त्यहाँ गएको थियो ।  प्रहरी, स्थानिय र भद्रपुर नगरको दमकलको सहयोगमा १२ः३० बजे आगो पूर्ण रुपमा नियन्त्रणमा आएको थियो । 

 आगलागीबाट घर, घर नजिकै रहेको परालको कुन्यू जलेर नस्ट हुँदा १५ हजार रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।