इटहरी । 

नेपाल दशनामी समाजको केन्द्रीय कार्यालय घरजग्गा व्यवस्थापनका लागि आर्थिक स्रोत संकलनका गर्न मेची–महाकाली अभियान गरिने भएको छ । अभियान  अन्तर्गत बिहीवार इटहरीमा कोशी प्रदेश भेला कार्यक्रम सम्पन्न भएको छ । 

समाजको केन्द्रिय समितिको गत पुस २२ गते सम्पन्न बैठकको निर्णय अनुसार फागुन १ देखि १५ गतेसम्म सातवटै प्रदेशमा केन्द्रिय कार्यालयको घरजग्गा ब्यवस्थापका लागि आर्थिक स्रोत संकलन अभियान गर्ने भनिएको भएपनि समय अपुग हुने कुरा आएकाले फागुन ३ गतेदेखि २५ गतेसम्ममा प्रदेश भेला कार्यक्रम आयोजना गरिएको हो । 

सोही अनुरुप फागनु ३ गते कोशी प्रदेश, १५ गते मदेश प्रदेश, १७ गते बागमति प्रदेश, १९ गते गण्डकी प्रदेश, २१ गते लुम्बिनी प्रदेश, २३ गते कर्णाली प्रदेश र २५ गते सुदुरपश्चिम प्रदेशमा भेला आयोजना गरिएको केन्द्रिय कार्यबहाक महासचिव अशोक गिरीले जानकारी दिए । उक्त भेलापछि फागुन २७ गते केन्द्रीय समिति र कार्यसम्पादन वैठक चितवनमा हुने बताइएको छ । 

इटहरीमा भएको कार्यक्रममा समाजका केन्द्रीय उपाध्यक्ष तेजबहादुर पुरीको अध्यक्षतामा सुनसरीको इटहरीस्थित दशनामी भवनमा  भेला सम्पन्न भएको हो । कोशी प्रदेशका विभिन्न जिल्लाबाट प्रतिनिधिमुलक सहभागीता रहेको भेलामा समाजका केन्द्रीय अध्यक्ष गोविन्दविक्रम गिरीको प्रमुख आतिथ्य रहेको थियो । 

त्यस्तै कार्यक्रममा पूर्व केन्द्रीय अध्यक्ष रञ्जन गिरी, उपाध्यक्ष सरस्वती गिरी, संस्थापक संरक्षक कृष्णकुमार गिरीको विशिष्ट आतिथ्य रहेको थियो ।  त्यसैगरी भेलामा केन्द्रीय कोषाध्यक्ष भक्तबहादुर पुरी, सदस्यहरु वलभद्र गिरी, नवीन गिरी, एलबी गिरी, पूर्ण गिरी, घिसिङ गिरी, कोशी प्रदेश अध्यक्ष प्रकाश पुरीलगायत आतिथ्य रहेको थियो ।  

कार्यक्रममा सहयोग रकम घोषणा गर्ने सबै दाताहरूले चाँडो केन्द्रीय कार्यालय निर्माण हुनुपर्ने र सो कार्यका लागि सबैले आर्थिक योगदान गर्नुपर्नेमा जोड दिइएको थियो । 

 कार्यक्रम कार्यक्रममा दाता कृष्णकुमार गिरीको एक करोड घोषणासहित अन्य केन्द्रीय पदाधिकारी, सदस्य, पूर्व पदाधिकारी र सल्लाहकार, प्रदेश समिति जिल्ला समितिका तर्फबाट जम्मा एक करोड १६ लाख ७९ हजार ८ सय दुई रुपैयाँ प्रदान गर्ने घोषणालाई आभार प्रकट साथै  व्यवस्थापकीय भूमिका खेल्नुहुने सवैलाई धन्यवाद दिइएको थियो । कार्यक्रमको सञ्चालन समाजका केन्द्रीय कार्यावाहक महासचिव अशोक गिरीले गरेका थिए ।