अर्जुनधारा । 

झापाको अर्जुनधारा नगरपालिकामा घरेलु मदिरा उत्पादन तथा विक्री वितरण गर्न अनुकुलता सृजना गर्न आग्रह गरिएको छ । कोशी प्रदेश सरकारको आर्थिक बर्ष २०७९/०८० को बजेट नीति कार्यक्रममा उक्त  कुरालाई समावेश गर्दै घरेलु मदिरालाई ब्राण्डिङ गर्ने नीति तय भएको परम्परागत घरेलु मदिरा प्रवर्द्धन समिति कोशी प्रदेशका अध्यक्ष टेकबादुर खजुमले जानकारी दिए । 

कार्य सम्पादनमा कानूनी बाधा उत्पन्न हुने देखिएकोले त्यसको ऐन, नियम तथा कार्यविधि बनाएर  कार्यान्वयन गर्न सकिने भएकाले वाक्यांश थपेर संघीय कानूनी संशोधन गरी घरेलु मदिरा उत्पादन, विक्री वितरण गर्न अनुकुलता सिर्जना गर्न माग गरिएको अध्यक्ष खजुलले बताए । 

घरेलु मदिरा निर्देशक समिति कोशी प्रदेशका सदस्यसमेत रहेका खजुमले ऐन, नियम तथा कार्यविधि बनाएर  कार्यान्वयन गर्न आग्रह गर्दै उद्योग बाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाललाई समेत बिशेष पहलका लागि गत माघ २६ गते ध्यानाकर्षण गराएको बताएका छन् । 

स्वदेशी मदिरा उत्पादन, ब्राण्डिङ र बिक्री वितरणलाई प्रोत्साहत गरे रोजगार सृजना र वैदेशिक व्यापार घाटामा सन्तुलन ल्याउन योगदान पुग्ने भएकाले कार्यन्वयन गर्नु पर्नेमा अध्यक्ष खजुमको जोड छ ।