बिर्तामोड।

आसन्न छैटौँ संस्करणको झापा गोल्ड कपको सन्दर्भमा बिर्तामोड खेलकुद विकास समितिसँग छलफल भएको छ ।गोल्ड कपको सचिवालय अतिथि सदनमा आज भएको छलफलमा प्रतियोगितालाई भव्य र सभ्य बनाउने, रंगशाला स्तरोन्नति गर्ने र खेलाडी प्रवर्धन गर्ने सहमति भएको गोल्ड कपका अध्यक्ष विनोद बस्नेतले जानकारी दिए ।

त्यस्तै, बिर्तामोड नगरपालिका, नगर खेलकुद विकास समिति तथा गोल्ड कप सबैले पहल गरेर डोमालाल राजवंशी रंगशालाको संरक्षणमा लागिपर्ने छलफलले निर्णय गरेको छ ।

छलफलमा गोल्ड कपका तर्फबाट अध्यक्ष बस्नेत, उपाध्यक्ष सुवास भट्टराई, महासचिव गजेन्द्रबहादुर पौडेल, सदस्य किरण थापा, अर्जुन चुडाल, सचिन सुब्बा, सचिवालय सदस्य केशव भट्टराईको सहभागिता रहेको थियो ।

त्यस्तै, नगर खेलकुद विकास समितिको तर्फबाट अध्यक्ष विकास गिरी, उपाध्यक्ष सन्तोष गुरुङ, सचिव विसन लिम्बू, सदस्यहरु विशाल अग्रवाल, गणेश कटवाल, बागधन राईको सहभागिता रहेको थियो ।