बिर्तामोड।  

स्वतन्त्र व्यवसायी प्यानलबाट खुल्ला सदस्य पदमा उम्मेद्वारी दिएका केदार खनालले अहिलेसम्म बिर्तामोड उद्योग बाणिज्य संघले ब्यवसायीलाई समय अनुसार अपडेट नगराएको बताएका छन् ।

खनालले व्यवसायीहरु समय अनुसार परिवर्तन हुन आवश्यक रहेको बताउँदै आफुले जिते समयसँगै ब्यवसायीलाई अपडेट गराउन पहल गर्ने बताएका छन् । उनले ग्राहकहरु समय अनुसार अपडेट भएपनि ब्यवसायीहरु अपडेट हुन नसकेको बताएका हुन् ।

  बिर्तामोड उद्योग बाणिज्य संघको फागुन १४ गते हुने निर्वाचनमा अर्जुनकुमार मैनालीको नेतृत्वको स्वतन्त्र व्यावसायिक प्यानलबाट सदस्य पदमा उम्मेद्वार बनेका खनालले संघले ब्यवसायीहरुलाई अपडेट गराउनु पर्ने भएपनि अहिलेसम्म नगराएको गुनासो गरेका छन् । १२ बर्षदेखि जर्नी ग्राफिक एण्ड मिडिया नामक फोटोग्राफी ब्यवसाय सञ्चालन गर्दै आएका खनालले व्यवसायीलाई समय अनुसार अपडेट गराउने भिजनसहित उम्मेद्वारी दिएको बताएका छन् ।

 ‘ग्राहकहरु समय अनुसार अपडेट छन्’ उम्मेद्वार खनालले भने ‘व्यवसायी अहिले पनि पुरानै तरिकाले व्यापार व्यवसाय गर्दैछन् ।’ खनालले स्वतन्त्र व्यवसायिक प्यानलले जिते ब्यवसायीलाई अपडेट गराउन प्रशिक्षण, तालिम दिदै बिषयगत वस्तुस्थितिका बारेमा जानकारी गराउन पहल गर्ने बताए ।  

नेपाल उद्योग तथा व्यवसायी महासंघ बिर्तामोडका सचिवसमेत रहेका खनालले निर्वाचित भइसकेपछि कार्यसमितिले राम्रो काम गरे सपोर्ट र नराम्रो काम गरे विरोध गर्न पनि पछि नपर्ने बताएका छन् । स्वतन्त्र व्यवसायिक प्यानल ब्यवसायीको हकहितमा लड्ने साथै बिज्ञ उम्मेद्वारहरु भएकाले प्यानलका सवै उम्मेद्वारलाई मतदान गरेर निर्वाचित गराउनसमेत खनालले अपिल गरेका छन् ।