बिर्तामोड । 

बिर्तामोड उद्योग वाणिज्य संघको फागुन १४ गते हुने निर्वाचनका लागि उद्योग उपाध्यक्ष पदमा उम्मेदवारी दिएका ओमप्रकाश श्रेष्ठले नयाँ भिजनसहित आफुले उम्मेद्वारी दिएको बताएका छन् । थुप्रै सामाजिक संघ संस्थामा नेतृत्वदायि भुमिकामा रहेर काम गरिसकेका श्रेष्ठले आफ्ना अनुभवलाई संघमा प्रयोग गर्ने उदेश्यले उम्मेद्वारी दिएको बताएका छन् । 

बिर्तामोड उद्योग वाणिज्य संघका संस्थापक सदस्य समेत रहेका श्रेष्ठ २८ बर्षदेखि ब्यवसाय क्षेत्रसहित बिभिन्न सामाजिक संघसंस्थामा आवद्ध रहेर नेतृत्वदायि भुमिका निर्वाह गरिसकेका कुसल ब्यवसायीका रुपमा परिचित श्रेष्ठ बिर्तामोडमा साइ अटोमोबाइल प्लाजाका सञ्चालक हुन् । 

सालिन र मिजासिलो स्वभाव भएका श्रेष्ठ २०५२ सालमा गोमेन्द्र कलेजमा उच्च शिक्षा अध्ययन गर्ने क्रममा नै गणेश भण्डारमार्फत वाणिज्य क्षेत्रमा प्रवेश गरेका थिए ।  आफैँ केहि गर्नुपर्छ भन्ने हुटहुटी बोकेका श्रेष्ठले २०६२ सालमा काइनेटीक कम्पनीको मेचीका लागि डिलर लिएर स्कुटर तथा मोटरसाइकल बिक्री गर्न थाले । २०६६ सालदेखि महिन्द्रा कम्पनीको स्कुटर तथा मोटरसाइकल बिक्री शुरु गरेका श्रेष्ठले १५/१६ जना युवाहरुलाई रोजगारीसमेत दिए ।

व्यवसायका अलवा सामाजिक भावना भएका श्रेष्ठले समाजका विभिन्न सामाजिक धार्मिक संघसंस्थामा रहेर नेतृत्व प्रदान गरिसकेका छन् । साबिक गरामनी–९ स्थित शिवालय मन्दिरको संस्थापक अध्यक्षको रुपमा उनले काम गरे । त्यस्तै २०६७ सालमा नेवा देय दबु गरामनी समन्वय समितिको संस्थापक अध्यक्ष रहि काम गरे । समाज रुपान्तरणका लागि युवा अगाडी बढ्नु पर्छ भन्ने भावना बोकेका श्रेष्ठ २०७० सालमा साबिक गरामनी ९ स्थित शिवालय चोक उत्तरमा रहेको भिमसेन मन्दिर निर्माण गरी संस्थापक अध्यक्षको रुपमा काम गरिसकेका छन् ।

बिर्तामोड–१० सैनिक बजार स्थित श्री ज्ञान कुन्ज सार्बजनिक पुस्तकालयको ३ बर्से अध्यक्षको रुपमा काम गरेका श्रेष्ठले मानव सेवामा अत्यन्तै महत्वपूर्ण एम्बुलेन्स संचालनमा ल्याएका थिए । यसै गरी नेवाः देय दबु बिर्तामोड नगर समितिको सस्थापक सचिव हुदैं यसै संस्थाको जिल्ला समन्वय समिति झापाको सदस्य भई काम गरिसकेका छन् । उनी हाल नेवाः देय दबु प्रेदश नं. १ को सचिवालय सदस्य पदमा रहेर काम गरिरहेका छन् । 

श्रेष्ठ झापा उद्योग वाणिज्य संघ शाखा कार्यालय बिर्तामोडको कार्यसमिती सदस्यको रुपमा काम गरिसकेका वाणिज्य क्षेत्रका अनुभवी व्यक्तित्व हुन । उद्योग वाणिज्य संघको संस्थापक सदस्य भएर अनुभव हासिल गरिसकेका श्रेष्ठले यस पटक उद्योग उपाध्यक्षमा आफ्नो दरिलो उम्मेदवारी पेश गरेका छन् । बिर्तामोड उद्योग वाणिज्य संघको संस्थापक सदस्यको रुपमा रहँदा व्यवसायीहरुको साझा समस्या बुझेकाका श्रेष्ठले त्यसको समाधानका लागि अग्रणी भूमिका निर्वाह गर्न तयार रहेको बताएका छन् । 

श्रेष्ठले बिर्तामोड उद्योग बाणिज्य संघलाई राजनीति गर्ने थलोको रुपमा व्यवसायीहरु माझमा रहेको बुझाईलाई हटाएर साझा संस्थाको रुपमा विकास गर्न अग्रसर हुने, बैंक, वित्तीय संस्था र सहकारीबाट समस्यामा परेका व्यवसायीहरुका समस्या समाधानका लागि ठोस र दीर्घकालीन नीति अवलम्बन गर्ने, घरबहाल कर सम्बन्धी ऐन र हाटबजारका व्यापारीहरुलाई सुरक्षित बनाउने विषयमा बिर्तामोड नगरपालिकासँगको सहकार्यमा जोड दिने, व्यापारिक क्षेत्रलाई सुरक्षित बनाउन नगरका अन्य क्षेत्रमा पनि सिसी क्यामरा जडान गर्न पहल गर्ने बताए ।   

त्यसैगरी स्थानीय व्यापारीहरुलाई औद्योगिक भ्रमण गराई व्यवसायीक कुरामा अझ बढी ज्ञान दिलाउन आजको अपरिहार्यता भएकाले त्यसका लागि सहजीकरण गर्ने, व्यापारीहरुलाई बर्गीकरण गरेर वैज्ञानिक तरिकाले सदस्यता शूल्क तोक्ने, नगरका व्यापारीहरुलाई करका विषयमा प्रभावकारी तालिमको व्यवस्था गर्न नसक्दा अनेकौं झण्झट बेहोर्दै  जरिवाना तिर्न बाध्य पार्ने अवस्थाको अन्त्य गर्ने, हार्डवेयर, सुनचाँँदी, होटल लगायतका व्यवसायीहरु लाई छुट्टाछुट्टै तालिमको व्यवस्था गर्ने, घरधनी र बहालवाला बीच सुमधुर सम्बन्ध राख्दै नगरमा घरभाडालाई बैज्ञानिक रुपमा एकरुपता बनाउने, संघलाई अझ बढी सफल साथै बिर्तामोड नगरीलाइ अझ स्वच्छ र हरित बनाउन व्यवसायी तथा स्थानीयबासीको सल्लाह र सुझावलाई आत्मसाथ गर्नेलगायतका योजना अघि सारेर उम्मेद्वारी दिएको बताएका छन् । 

ब्यवापारीको समस्या बुझ्न सक्ने व्यपारीका नेता हुने योग्य उम्मेद्वार स्वतन्त्र व्यवसायीक प्यानलमा भएकाले सम्पूर्ण मतदाताहरुलाई मतदान गरी जिताउन पनि उनले आग्रह गरेका छन् ।