बिर्तामोड । 

सरकारले समेत प्लाष्टिकको उचित ब्यवस्थापन गर्न नसकिरहेको अवस्थामा बिर्तामोडमा बिद्यार्थीले फालिएका प्लाष्टिकबाट पेट्रोल उत्पादन गर्न सकिने सन्देश दिएका छन् । झापा बिर्तामोडको बाल्मीकि एजुकेशन फाउण्डेशनमा अध्ययनरत् बिद्यार्थीले थोत्रा प्लाष्टिकबाट पेट्रोल उत्पादन गर्न सकिने उदाहरण प्रस्तुत गरेका हुन् ।

 विद्यालयमा आयोजित कार्यक्रमकाबीच प्लाष्टिकबाट पेट्रोल उत्पादन गरेर देखाउँदा सहभागी अभिभावक चकित बनेका थिए । सरकारलाई समेत प्लाष्टिक व्यवस्थापनमा समस्या परिरहेको अवस्थामा विद्यार्थीले सहजै प्लाष्टिकबाट पेट्रोल उत्पादन गरेर देखाउँदा कार्यक्रममा सहभागी अधिकांशले सरकारको कमजोरीका कारण क्षमता भएर पनि नेपाली बिद्यार्थी विदेशिनु परेको आरोप समेत लगाए ।

कक्षा ११ र १२मा अध्ययनरत् बिद्यार्थीले पाइरोलाइसिस प्लाष्टिक प्लान्ट प्रविधिमार्फत खेर गएको प्लाष्टिकलाई प्रयोग गरेर पेट्रोल बनाउन सकिने सन्देश दिएका थिए ।फाउण्डेशनमा बुधवार ‘स्टेम फेष्ट’ ९साइन्स, टेक्नोलोजी, इञ्जिनियरिङ,आर्ट,म्याथ फेस्टिवल० कार्यक्रमको आयोजना गरिएको थियो ।

सोही कार्यक्रममा सहभागी विद्यार्थीमध्ये केही विद्यार्थीले प्लाष्टिकबाट पेट्रोल बनााएर देखाएका हुन् । त्यस्तै अन्य बिद्यार्थीले समेत आ– आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए । विद्यालयका विद्यार्थीलाई प्रयोगात्मक शिक्षा तथा मनोरञ्जन गर्दै सिक्न सकिने भन्दै विद्यालयले बृहत् रुपमा विज्ञान प्रविधि, गणित, कम्प्युटर, कला, गणित, खानेका परिकार, नाचगान, हस्तकलाका सामग्री प्रर्दशनी गरेको थियो ।