बिर्तामोड । 

बिर्तामोड उद्योग वाणिज्य संघको फागुन १४ गते हुने निर्वाचनका लागि परिवर्तित समय, आर्थिक मन्दीबाट थलिएको व्यवसायीक क्षेत्रको उचित सम्बोधनका साथ काम गर्ने उदेश्यीयसहित राकेशकुमार सिंहले सदस्य पदमा उम्मेद्वारी दिएको बताएका छन् । 

संघलाई साझा छाता संस्थाको रुपमा अगाडी बढाउनु पर्ने अधिकांश व्यवसायीहरुको भनाईलाई आत्मसाथ गर्दै आफुले उम्मेद्वारी दिएको सिंहले बताएका छन् ।  संघलाई राजनीति भन्दा पर राखेर विशुद्ध व्यवसायीक क्षेत्रमा काम गरिनु पर्ने उनको भनाई छ । 

उनले उत्कृष्ट र सबल नेतृत्व खोजी भइरहेको संघको निर्वाचनमा सदस्य पदका लागि सिंहले आफ्नो बलियो दाबेदारी प्रस्तुत गरेका छन् । संघ बिर्तामोडका संस्थापक सदस्य सिंह विगत २५ बर्षदेखि व्यवसायीक क्षेत्रमा आबद्ध छन् । हाल उनी नेसनल रेफ्रिजेरेटर एण्ड इलेक्ट्रोनिक्सका सञ्चालक हुन् । बिर्तामोडको सामाजिक, राजनीतिक र व्यवसायीक क्षेत्रलाई गहिरो अध्ययन गरेका युवा व्यवसायी सिंहले संघलाई सबैको साझा छाता संस्थाको रुपमा महशुस गर्ने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 

नेपाल रेफ्रिजेरेटर एण्ड इलेक्ट्रोमेकानिकल संघ (नेरेमा) को पूर्वाञ्चल इकाइमा ९ बर्ष अध्यक्षको कार्यकाल सफलतापूर्वक सम्पन्न गरिसकेका सिंह हाल केन्द्रीय सञ्चालक सदस्य छन् । सहयोगी, मिलनसार र हँसिला स्वभावका उनी व्यवसायीहरुमाझ लोकप्रिय छन् । व्यवसायीक हितका लागि सदैव लागिपर्ने सिंह संघले ठोस कार्यक्रम बनाएर व्यवसायीक हितका लागि काम गर्नु पर्ने बताउँछन् । बिर्तामोडमा विगतको नेतृत्वले व्यवसायीक क्षेत्रमा उदाहरणीय काम गर्न नसकेका कारण संघप्रति नै व्यवसायीहरु निराश बन्ने अवस्था सिर्जना भएको धारणा व्यक्त गर्छन् ।

बिर्तामोडको व्यवसायीक क्षेत्रलाई लामो समयदेखि नियालेका सिंहले व्यवसायीहरुको पीडा र मर्मलाई राम्रोसँग बुझेका उम्मेद्वार स्वतन्त्र ब्यवसायिक प्यानलमा भएकाले सवैलाई बिजयी गराउन ब्यवसायी सवैलाई अपिलसमेत पनि गरेका छन् ।