बिर्तामोड ।

 बिर्तामोड उद्योग वाणिज्य संघको फागुन १४ गते हुने निर्वाचनमा लोकतान्त्रिक ब्यवसायीक समूहका  तर्फबाट  अध्यक्ष पदका उम्मेद्वार राजु न्यौपानेले विगतका कामको मूल्याङकन गर्न आग्रह गरेको छन् । ब्यवसायीका हरेक मुद्धामा सारा काम छाडेर ब्यवसायीका हक अधिकारका लागि लड्नेलाई मतदाताले मूल्याङकन गर्ने विश्वास लिएका छन् ।

चुनावको बेलामा हल्ला गर्नेहरुले निर्वाचन नजित्ने भन्दै उनले ब्यवसायीका मुद्धामा सबैभन्दा अघि को थियो भन्ने विषयमा मतदाता सचेत रहेको उल्लेख गरे । स्वतन्त्रका नाममा पाँच राजनीतिक दललले गठबन्धन गरेर मतदातालाई झुक्याउने खेल भइरहेको प्रति बिर्तामोडका ठूलादेखि साना सबै ब्यवसायी सचेत रहेको उल्लेख गरे । न्यौपनेले आर्थिक मन्दिका कारण धेरै सटरहरु खाली बन्दै गइरहेका बेला केही गर्न नसक्ने स्थानीय सरकारले अहिले विपक्षीहरुलाई समसर्थ गर्दै भ्रम सिर्जना गरिरहेको उल्लेख गरे । उनले आफू वरिष्ठ उपाध्यक्षको जिम्मेवारीमा रहेको समयमा स्थानीय सरकारले लागू गरेको अब्यवहारिक करका विषयमा सबैभन्दा धेरै आवाज आफूले उठाएको उनको भनाई छ ।

चुनावका बेलामा मत जित्नका लागि विभिन्न प्रलोभन देखाउनेहरु प्रति सचेत बन्दै को दिनरात ब्यवसायीका मुद्धामा केन्द्रित थियो भन्ने विषयलाई गम्भिर रुपमा सोच्न न्यौपानेले सबै मतदाताहरुलाई आग्रह गरेका छन् । राजनीतिक आस्था र विचार जुनसुकै स्थानमा भएपनि ब्यवसायीका समस्या समाधान गर्न को धेरै सक्रिय थियो भन्ने विषय बिर्तामोडका मतदाताले नियाली रहेको उल्लेख उनले गरे । बिर्तामोडमा सबै खाले ब्यवसायी रहेकाले उनीहरुको संरक्षण र अधिकारका लागि आफुहरुले मात्रै बोल्न सक्ने न्यौपानेको भनाई छ ।

ब्यवसायीलाई दुःख परेको बेला भाग्नेहरुले अहिले सबै समस्या समाधान गरिदिन्छु भन्नु भ्रमको खेति मात्रै भएको न्यौपानेको भनाई छ । बिर्तामोडका ब्यवसायीका समस्या आफूहरुले राम्रोसंग बुझेको र समस्या समाधानका लागि आफु निर्वाचित भएमा सबै कार्यातालिका बनाएर काम गर्ने बाचा गरेका छन् । उनले लोकतान्त्रिक ब्यवसायीका प्यालका सबै उम्मेद्वारहरुलाई निर्वाचित गराएर हल्ला होइन काम गर्न उम्मेद्वारलाई सन्देश दिनुपर्ने बताए ।

बिर्तामोडका ब्यवसायीका समस्यामा आफुहरु सारथी बनेको भूल्न नहुने उल्लेख गर्दै कोभिडको समयमा झापामै पहिलो पटक ब्यवसायीलाई मात्रै लक्षित गरेर भ्याक्सिन कार्यक्रम ल्याएको, राजश्व परामर्शसम्बिन्धि तालिम सञ्चालन गरेको, औद्योगिक ब्यपार महोत्सव सफल बनाएको, राजश्व कार्यालयले अनावश्य दुःख दिएका समयमा ब्यवसायीका पक्षमा खरोरुपमा उत्रिएको, साना ब्यवसायीलाई स्थानीय सरकारले उठिबास लगाउदाँ प्रतिकार गरेको, आर्थिक मन्दिका समयमा बैंक तथा वित्तिय स्थाले मनलाग्दी ब्याज बढाउदाँ विरोध गर्दै उनीहरुसंग पटक–पटक छलफल गरेर ब्यवसायीलाई दुःख नदिन आग्रह गरेको, ब्यवसायीका समस्या समाधान गर्न आग्रह गर्दा प्रहरी प्रशासनको धरपकडमा परेको, आगलागी तथा विपद्का समयमा सबैभन्दा पहिला पुगेर सहयोग गरेका बिर्तामोडका ब्यवसायीले नजिकबाट हेरिरहेकाले अहिले बुनै फण्डा मच्चाउदैंमा मतदाता नबहकिने न्यौपानेले जिकिर गरे ।

आफू कार्यकारी पदमा निर्वाचित भएमा बिर्तामोडका ब्यवसायीमा मुद्धालाई कडारुपमा अघि बढाएर समाधान गर्न लागि पर्ने प्रतिबद्धता जनाए । उनलाई सबै ब्यवसायीको साथ र सहयोग रहेको पाइएको छ । केही ब्यवसायीले अहिले खुलेर नहिडेपनि मत राजु न्यौपानेको टिमलाई दिने उल्लेख गरे ।