बिर्तामोड । 

बिर्तामोड उद्योग वाणिज्य संघको फागुन १४ गते हुने निर्बाचनका लागि कोषाध्यक्ष पदमा उम्मेद्वारी दिएका दिपक मित्तलले दोहोरो कर समाधानमा जोड दिने बताएका छन् । मित्तिल बिर्तामोड नगरमा सञ्चालित व्यवसायमा बिर्तामोड नगरपालिकाले दोहोरो कर लगाएको भन्दै त्यसको विरोधमा रहेका छन् । 

अमृतभोग स्विट्स एण्ड स्न्याक्स सञ्चालन गरिहेका उनी बिर्तामोड उद्योग वाणिज्य संघमा सदस्य पदमा रहेर काम गरिसकेका छन् ।  लोकतान्त्रिक व्यवसायीक समूहका तर्फबाट उम्मेद्वार बनेका उनी व्यवसायीको हक अधिकारका लागि लडिरहने बताउँछन् । 

रेडिमेन्ट, गार्मेट व्यवसाय सञ्चालन गर्दै विगत १५ वर्षदेखि निरन्तर व्यवसाय सञ्चालन गरिरहेका उनी हाल अमृत भोकका सञ्चालक हुन् । उनी विभिन्न सामाजिक संघ संस्थामा समेत काम गर्नै आइरहेका छन् । मारवाडी युवा मञ्चमा रहेर उनले समुदाय स्तरमा धेरै सामाजिक काम गरेका छन् । 

नेपाल राष्ट्रिय मारवाडी संघको क्षेत्र क सभापति, राउण्ड टेवल बिर्तामोड २७ को सदस्य, मारवाडी सेवा समिति बिर्तामोडको सचिव समेत रहेका उनी नेपाल रेडक्रस सोसाइटी बिर्तामोडको सदस्य छन् । 

बिर्तामोड उद्योग वाणिज्य संघमा आफू कोषाध्यक्ष पदमा निर्वाचित भएसंगै कोषलाई थप मजवुद बजाउने र साना÷ ठूला व्यवसायीलाई हितकारी कार्यक्रम सञ्चालन गर्ने उनी बताृँछन् ।