बिर्तामोड । 

 लामो समयदेखि बिर्तामोडमा रहेर ब्यवसाय सञ्चालन गर्दै आएका सञ्जिव घिमिरेले बिर्तामोड उद्योग वाणिज्य संघको फागुन १४ गते हुने निर्वाचनमा बरिष्ठ उपाध्यक्षमा उम्मेद्वारी दिएका छन् ।

माता भुमादेवि र पिता देवी प्रसादका  कोखबाट २०४० सालमा जन्मिएका सञ्जिवले १२ बर्षदेखि बिर्तामोडमा ब्यवसाय गर्दै आएका छन् ।

रोटरी क्लव, वीरता जेसीज जस्ता सामाजिक संघ संस्थामा रहेर काम गरिसहेका घिमिरे व्यवसायी माथि परेका समस्या समाधानका लागि आफुले खेलेको भूमिकाले नै चुनाव जित्ने दाबी गर्छन् ।

आफूसंघको वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएको खण्डमा बिर्तामोडका व्यवसायीलाई राजश्वमा देखिएका समस्या र हलका उपाय, व्यवसायिक शिक्षा, व्यवसायिक तालिम, नयाँ व्यवसायिलाई प्रोत्साहनका कार्यक्रम सञ्चालनका लागि काम गर्ने उनको योजना रहेको सुनाए ।

१२ वर्षअघिबाट सानो किराना पसलबाट व्यवसाय शुरु गरेका सञ्जिवले दुईवटा उद्योग सञ्चालन गरिरहेका छन् । जसमध्ये निर्यातमाा अलैंची प्रशोधन उद्योग देशकै उत्कृष्ठ उद्योगका रुपमा परिचित छ । त्यस्तै स्नायाक प्याकेजीङ उद्योग पनि राम्रो उद्योग रहेको छ । युवा पुस्ताका लागि नै उनी भरोषा र प्रेरणादायी व्यवसायी हुन् ।

उनी अलैंची व्यवसायी महासंघका केन्द्रीय सदस्य हुन् भन् रोटरी क्लव अफ बिर्तामोडको लगातार तीन वर्ष सेक्रेटरी , वीरता जेसीजको उपाध्यक्ष, समेत भएर काम गरेको लामो अनुभव रहेको छ  ।