बिर्तामोड  ।

फागुन १४ गते हुने बिर्तामोड उद्योग बाणिज्य संघको निर्वाचनमा अध्यक्ष पदका उम्मेद्वार राजु न्यौपानेले बैंक र बित्तिय संस्थाको बढ्दो ब्याजदर घटाउनलाई समन्वय गर्ने बताएका छन् ।

लोकतान्त्रिक ब्यवसायीक प्यानलबाट अध्यक्षको उम्मेद्वार बनेका न्यौपानेले राजश्व कार्यालयले अनावश्यक रुपमा ब्यापारीलाई दःख दिने गरेको बताउँदै अनुगमन गर्दा संघको प्रतिनिधि पनि सामेल गराउनु पर्ने बताएका छन् । उनले संघसँग समन्वय गरेर बजार अनुगमन गर्दा सम्बन्धीत कार्यालयलाई सहयोग गर्ने बताए । न्यौपानेले ब्यवसायीलाई बिस्थापित नभई स्थापित गर्न स्थानीय सरकारसँग सहकार्य, छलफल र समन्वय गर्नेसमेत प्रतिवद्धता गरेका छन् ।

त्यस्तै ब्यवसायीलाई नीति, नियम र कानुनले असजता भएको बताउँदै त्यसको सहजताका लागि लबिङ गर्नका लागि पनि आफुले अध्यक्ष पदमा उम्मेद्वारी दिएको बताएका छन् । न्यौपानेले बिर्तामोडलाई औद्योगित तथा ब्यवसायिक हबका रुपमा विकास गर्ने योजनासमेत अघि सारेका छन् ।

बिर्तामोड औद्योगित करिडोरको अवधारणालाई कार्यान्वयनमा ल्याउन आफू लागि परेको बताएका न्यौपानेले बताए ।  उनले बिर्तामोडका व्यवसायी माथि भएको अनियन्त्रित कर वृद्धिलाई तथा दोहोरो करका कारण व्यवसायीमा देखिएको समस्याहरुको समाधान गरिने बताए । उनले  आफू अध्यक्षमा निर्वाचित भएसंगै व्यवसाय सञ्चालनमा सूचना प्रविधिको अधिकतम प्रयोग गर्ने वातावरण विकास गर्दै बिर्तामोड उद्योग वाणिज्य संघलाई पेपरलेस कार्यालयका रुपमा समेत विकास गरेर लाने बताएका छन् ।

न्यौपानेले कारोबारमा नभई मुनाफामा मात्रै कर लिनु पर्नेमा जोड दिएका छन् । २०४९ सालदेखि ब्यवसायमा संलग्न न्यौपाने हाल संघको बरिष्ठ उपाध्यक्ष हुन् । उनी बिभिन्न संघसंस्थामा पनि आवद्ध छन् । उनले लोकतान्त्रिक ब्यवसायिक समूहका साझा सवै उम्मेद्वारलाई भोट गरेर  जिताउनसमेत सवै ब्यवसायीलाई आग्रह गरेका छन् ।