हल्दीबारी । 

झापाको हल्दीबारी गाउँपालिकाले पालिका क्षेत्रभरीका स्थानीयको स्वास्थ्यलाई ख्याल गर्दै सवैको पहुँजमा स्वास्थ्य सेवा पुर्याएको छ । झापाका १५ वटा स्थानीयतह मध्ये हल्दीबारी गाउँपालिका स्वास्थ्य सम्बन्धी कार्यक्रमको मूल्याङ्कनमा प्रथम स्थान हासिल गर्न सफल भएको छ । झापाका पालिकाहरुबाट आर्थिक बर्ष २०७९/०८० न्यूनतम सेवा मापदण्डको प्रगति मूल्याङ्कन गर्दा हल्दीबारी गाउँपालिकाले प्रथम स्थान हासिल गर्न सफल भएको पालिकाले जनाएको हो । 

सवै वडाहरुमा ब्यवस्थित भवनका साथै दक्ष जनशक्तिसहित आवश्यक औषधी तथा उपकरणको ब्यवस्था, ४ वटा वडाका स्वास्थ्य संस्थाबाट न्युनतम मूल्यमा ल्याव सेवा साथै गर्भवती, जेष्ठ नागरिक, बिपन्न परिवारलाई निःशुल्क ल्याव सेवा उपलब्ध गराएको, आधारभूत अस्पतालमार्फत स्वास्थ्य बिमाको सुबिधा, आवश्यकताको आधारमा स्वास्थ्यका निःशुल्क शिविरहरु सञ्चालन गरेको गर्दै आएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रबहादुर बन (महेन्द्र)ले जानकारी दिए । 

त्ययसैगरी पैसा र स्वास्थय सेवाको अभावमा नागरिक स्वास्थ्य सेवाबाट बञ्चित हुनु पर्ने अवस्था नरहेको, द्धिमेकी पालिकाहरुबाट पनि स्वास्थ्य सेवा लिन सेवाग्राही आउने गरेको पालिकाका स्वास्थ्य निरिक्षक  प्रकाश खतिवडाले जानकारी दिए । 

उनका अनुसार आधारभूत स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेर नीति, कार्यक्रम तथा बजेट बिनियोजन गरिएको, स्वास्थ्य चौकी र आधारभूत स्वा केन्द्रलाई छुट्टाछुट्टै बजेको ब्यवस्था गरिएको चार वटा स्वास्थ्य संस्थामा प्रयोगशाला सञ्चालन गरी गर्भवती, जेष्ठ नागरिक, असक्तलाई निःशुल्क सेवा प्रदान गरिएको छ । 

पालिकाले सुरक्षित प्रसुति प्रोत्साहन कार्यक्रम अन्तरगत तीन हजार रुपैयाँसम्म दिने गरेको, सवै वडाका जेष्ठ नागरिक, गर्भवती र फरक क्षमता भएकालाई आवश्यकता अनुसार नियमित घरभेट स्वास्थ्य सेवा प्रदान, १५ बेडको आधारभूत अस्पतालको लागि १४ कठ्ठा जग्गा ब्यवस्थापन गरी निर्माण कार्य अगाडि बढाइएको, पालिका र वडाबाट समेत बिपन्नलाई स्वास्थ्य बिमा कार्यक्रम, जनता उपचार सहायता तथा आकस्मिक कोषमार्फत बिशेष रोगहरुमा उपचार सहयोग बिशेष अवस्थामा प्रयोग गर्न सकिनेलगायतका स्वास्थ्य सेवामा उपलब्धीहरु हासिल गर्न सफल भएको पालिकाले जनाएको छ ।