काँकरभिट्टा ।

झापाको मेचीनगर अनलाइन डटकम आजदेखि दोस्रो वर्षमा प्रवेश गरेको छ । मेचीनगर–६ मा मुख्य कार्यालय रहेको पाउ पाथिभरा सञ्चार प्रालिद्धारा प्रकाशन तथा प्रशारण हुँदै आएको मेचीनगर अनलाइन स्थापनाको एक वर्ष पुरा गरेर दोस्रो वर्षमा प्रवेश गरेको छ ।

गतवर्ष फागुन १४ गते धुलाबारी स्थित मेची उद्योग बाणिज्य संघबाट शुभारम्भ भएको थियो । खोजमुलक र ताजा समाचारहरु अनलाइनको माध्यमबाट पढ्ने पाठकहरुको रुचीलाई ध्यानमा राखि सञ्चालन गरिएको मेचीनगर अनलाइनमा छोटो समयमा धेरै पाठकहरु माझ जोडिन सफल भएको छ ।

व्यवसायीक पत्रकारितालाई शिरमा राखेर स्थानीय समाचारलाई बढी प्राथमिकता दिइरहेको छ । सबै राजनीतिक दल, पेशा, व्यवसाय, धर्म संस्कृति, भाषाभाषी, जातजाति, क्षेत्र, वर्ग, लिंग लगायतका समाचारहरुलाई समावेशी ढंगबाट प्राथमिकतामा राखेर प्रकाशन प्रसारण गर्दै आएको अनलाइनका सम्पादक एवम् सञ्चालक अर्जुन कार्कीले जानकारी दिए ।

संघीय लोकतान्त्रिक गणतन्त्रमा सुशासनको परिकल्पना, विकास, समाजमा हुने रुढीवादी प्रथालाई हटाउन र भ्रष्टचार विरुद्ध निरन्तर खवरदारी गर्ने अभियान जारी रहेको सम्पादक कार्कीको भनाई छ ।