झापा । 

झापाको मेचीनगर–६ मेचीपुलबाट लागूऔषध व्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टावाट खटिएको संयुक्त प्रहरी टोलीले दुई जनालाई खैरो हेरोइन पक्राउ गरेको छ । 

भारतबाट नेपालतर्फ आउँदै गरेको प्र.१–०२–०४१ प.१०३८ नम्वरको मोटरसाइकललाई चेक जाँच गर्ने क्रममा मोटरसाइकलका चालक मोरङ मिक्लाजुङ–९ का २८ बर्षिय डिकबहादुर कार्की र पछाडि सवार मोरङ मधुमल्ला तोरीवारीकी  २२ बर्षिया नाईरा भन्ने कोशिस तामाङलाई आइतवार साँझ पक्राउ गरेको हो । 

उनीहरुलाई शंका लागेर तलासि लिदा महिलाले लगाएको कपडा भित्रको भागमा च्यापी लुकाई छिपाई राखेको खैरो हेरोइन प्लाष्टिक बाहेक ११ ग्राम ५०० मिलिग्राम फेला परेको प्रहरीले जनाएको छ । 

उनीहरुलाई मोटरसाकइलसहित नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय काँकरभिट्टामा ल्याएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।