बिर्तामोड ।

बिर्तामोड उद्योग वाणिज्य संघमा चार हजार ९५ मत खसेको छ । विहान साढे ८ बजेबाट शुरु भएको मतदानमा चार हजार ९५ जनाले मतदान गरेको निर्वाचन समितिले जनाएको हो । 

आज रातीदेखि मत गणना गरिने निर्वाचन समितिले जानकारी दिएको छ । संघको मतदाता संख्या ५ हजार ६ सय ७३ मध्ये उक्त मत खसेको जनाइएको छ । बेलुकी ५ बजेम्म मत खसाल्न मतदान स्थलमा प्रवेश गर्न दिइएको थियो । 

आगामी कार्यकालको लागि बिर्तामोड उद्योग वाणिज्य संघमा स्वतन्त्र व्यावसायिक प्यानलको नेतृत्व अर्जुन मैनाली गरेका थिए भने लोकतान्त्रिक ब्यवासयकि प्यानलको नेतृत्व राजु न्यौपानेले गर्ने गरी उम्मेद्वारी दिएका थिए ।