चारपाने । 

दादुरा रुबेला खोप अभियान सम्बन्धी सञ्चारकमीहरुसँग अभूमूखिकरण गोष्ठी गरिएको छ । झापाको बिर्तामोड–२ चारपानेस्थित पर्शुराम पार्टी प्यालेसमा मंगलबार (आज) झापाका सञ्चारकमीसँग दादुरा रुबेला खोप अभियान अन्तरगत  अभूमूखिकरण गोष्ठी गरिएको हो । 

विगतदेखि खोप छुट समुदाय पहिचान र खोप पूरा गर्ने, बिद्यालय, समुदाय, सरोकारवालाहरुको सहभागीतामा सहयोग र परिचालनलगायतका दायित्व पूरा गर्न फागुन १७ गतेदेखि खोप अभियान शुरु गरिने गोष्ठीमा जानकारी दिइएको छ । 

५ बर्षमुनिका बालबालिकाहरुको नियमित खोप अवस्था पहिचान गरेर छुट नियमित खोपको मात्रा समेत लगाएर पूर्ण खोप सुनिश्चित  गर्ने अभियानको लक्ष्य छ । 

दादुरा खोपको महत्व बारे जनचेतना अभिबृद्धि गर्न र सञ्चारकर्मीहरु मार्फत  प्रचारप्रसार गरेर लक्षित उमेर समुहका बालबालिकालाई अभियानमा खोप लगाउन सहयोग पुग्ने अपेक्षाका साथ सञ्चारकर्मीसँग गोष्ठी गरिएको जनस्वास्थ्य अधिकृत प्रकाश पाठकले जानकारी दिए । 

स्वास्थ्य कार्यालय झापाको आयोजनामा भएको गोष्ठीमा स्वागत तथा कार्यक्रमको उदेश्माथि प्रकाश पार्दै कार्यक्रम सञ्चालनसमेत स्वास्थ्य कार्यालय झापाका निमित्त प्रमुख रमेश बार्हकोटीले पारेका थिए । सन् २०२६ सम्ममा झापा जिल्लालाई दादुरा निवारण गरिने अभियानको लक्ष्य रहेको छ । कनकाई नगरपालिकाबाट फागुन १७ गते शुरु हुने अभियान चैत्र ३ गते दमक नगरपालिकामा समापन हुने अभियानले जनाएको छ । 

कार्यक्रममा नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, स्वास्थ्य कार्यालय झापाका खोप अधिकृत राजकुमार पोखरेल, स्वास्थ्य कार्यालय झापाकी डा. संगीता शाहलगायतले अभियानका बिषयमा आ–आफ्ना भनाई राखेका थिए । 

झापा गाउँपालिकामा केही दिने अघि ६ जना दादुराका रोगी फेला परेका थिए भने अन्य पालिकामा पनि भेटिएकोले जनाइएको छ । देशब्यापी अभियान अन्तरगत झापामा पनि फागुन १७ देखि चैत ३ गतेसम्म अभियान सञ्चालन गरिएको बताइएको छ ।