बिर्तामोड । 

गोर्खा फाउण्डेशन नेपालले विभिन्न विधामा विशिष्ट योगदान गरेका व्यक्तिहरूलाई सम्मान गर्ने भएको छ । फाउण्डेशनले उनीहरुलाई बिशे नगर्ची राष्ट्रिय व्यक्तित्व सम्मान प्रदान गर्ने मंगलबार (आज) पत्रकार भेट्घाट कार्यक्रम गरी जानकारी दिएको हो । 

फरक फरक विधामा २ जना राष्ट्रिय स्तरमा योगदान गरेका व्यक्तिहरूलाई नगद  ५१ हजार रुपैयाँसहित सम्मान गरिने फाउण्डेशनका अध्यक्ष विरु दर्नालले जानकारी दिए । 

राष्ट्र निर्माणमा पृथ्वीनारायण शाहलाई सहयोग गरेका बिशे नगर्चीको योगदानलाई ताजा राख्न कार्यक्रम आयोजना गर्न लागिएको उनले बताए । उनले भने, ुसमयले बिर्सिँदै गएको अवस्थामा उनको योगदानलाई ताजा बनाउने र सबै समग्र समाजसँग चाहिँ एउटा उत्पीडित जातिको पनि योगदान त्यो समयमा राज्य एकीकरणमा थियो भन्ने अहिलेको पुस्तालाई बुझाउन जरुरी छ ।’

कार्यक्रम चैत्र १७ गते शनिबार बिर्तामोडमा आयोजना गरिने फाउण्डेशनले जनाएको छ । झापाका सबै पालिका कार्यक्रमको सह–आयोजक रहने उनले बताए । फाउण्डेशनका अध्यक्ष दर्नालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रम सचिव रञ्जित परियारले सञ्चालन गरेका थिए ।