झापा । 

झापाको मेचीनगर–६ दार्जिलिङ होटल अगाडि बाटोबाट खैरो हेरोइनसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण व्युरो काँकरभिट्टाको संयुक्त प्रहरी टोलीले उनीहरुलाई बुधवार साँझ ७ः३० बजेको समयमा प्रहरीले पक्राउ गरेको हो । 

अर्जुनधारा–१० कालिस्थान घर भई मेचीनगर–६ सुनगाभा टोलमा डेरा गरी बस्ने २६ बर्षिय प्रकाश पौडेल र काठमाडौं–१६ ढुङगे अड्डा  बस्ने ३० बर्षिय इश्वर आधिकारी र अर्जुनधारा–१० कालिस्थानका २२ बर्षिय पुजन तामाङलाई गोप्य सुचनाको आधारमा चेकजाँच गर्ने क्रममा शरीर तलासी लिदा उनीहरु मध्ये पुजनको साथबाट लुकाई छिपाई ल्याउदै गरेको खैरो हेरोइन फेला परेको प्रहरीले जनाएको छ । 

प्लाष्टिक बाहेक ४७ (सडचालिस ) ग्राम उनको साथबाट बरामद गरी तीनै जनालाई नियन्त्रणमा लिएर  इलाका प्रहरी कार्यालय काँकरभिट्टामा ल्याएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।