मोरङ । 

सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले तेतरिया सेवा केन्द्रमा ‘सदस्य सुनौ सदस्य वुझौ अभियान’ अन्तर्गत बिमाबापतको रकम बितरण गरिएको छ । झापाको बिर्तामोड–२ स्थित चारपानेमा मुख्य कार्यालय रहेको संस्थाको तेतरिया सेवा केन्द्र मार्फत सदस्यको श्रीमानको मृत्युपछि विमा बापतको २ लाख रुपैयाँ हस्तान्तरण गरिएको हो । 

सदस्य सुनौ सदस्य वुझौ अभियान अन्तर्गत सदस्य शिक्षा तथा विस्तारित मञ्च कार्यक्रमका अवसरमा बिहीवार (आज) मोरङको ग्रामथान गाउँपालिका–५ भौसावाडीमा आयोजित कार्यक्रममा कर्जा सुरक्षण अन्तर्गत समुह नम्मर ५५ कि सदस्य सुनिता कुमारी थारुको श्रीमानको  मृत्युुपछि पाउने विमा सुविधा २ लाख सदस्य नं. ५५ कै सदस्य फुलसर कुमारी माझीको मृत्यु विमा २० हजार रुपैयाँ बितरण गरिएको सेवा केन्द्र प्रमुख एकादेव कट्टेलले जानकारी दिएका हुन् । 

कार्यक्रममा समुहमा आवद्व सदस्यहरु लामो समयदेखि एकै ठाउँमा भेला गरि संस्थाका कार्यक्रम बस्तु तथा सेवा वारेमा जानकारी दिइएको थियो । त्यस्तै हाल विभिन्न  विकृतिहरु वारेमा सदस्यलाई वुझाउन र सदस्यसँग ‘हामी नजिक छौ’ भन्ने भावना जागृत गर्न संस्थाले सदस्य सुनौ सदस्य वुझौ अभियान सञ्चालन गर्दै आएको छ । 

कार्यक्रमको उदेश्य, संस्थागत गतिविधि, समसामहिक विषय र कर्जा सुरक्षण कोष भुक्तानीसहित सेवा केन्द्र प्रमुख एकादेव कट्टेलले शुभकामना मन्तब्य राखेका थिए । समुह अध्यक्ष दसनीदेवी थारुको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत कर्मचारी सत्य नारायण माझी र सञ्चालन सरिता कोइरालाले गरेकी थिइन् । कार्यक्रममा जेष्ठ नागरिक सदस्य खडगनारायण सरदार, अप्सरा घिमिरेलगायतको उपस्थिति रहेको थियो ।